संखुवासभामा लाखे जात्रा सुरु

संखुवासभामा लाखे जात्रा सुरु

सङ्खुवासभा : संखुवासभाको खाँदबारी नगरापलिका-१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरि विधिवत रूपमा लाखे जात्रा सुरु गरिएको छ। 

नेवाः देय दवूको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ।

नेवार समुदायको कुलदेवता भिमसेनको पुजा सँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारी लगायतका बजारहरूमा खाले नाच सुरु स्थानीय पुष्प बहादुर श्रेष्ठले बताए। भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रममा गर्ने उनले जानकारी दिए। 

द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच निकाल्ने चलन छ। नेवार समुदायको बसोबास रहेको खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, तुम्लिङ्टारमा लाखे नाच सुरु भएको छ। 

विधिवत् रूपमा लाखे सुरु भएपछि विभिन्न क्लब तथा समूहहरूले समेत लाखे नाच निकाल्ने गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.