मदन भण्डारी राजमार्गले उत्साहित : कालोपत्रे गर्न करिब २ अर्ब विनियोजन

मदन भण्डारी राजमार्गले उत्साहित : कालोपत्रे गर्न करिब २ अर्ब विनियोजन

बुटवल : मदन भण्डारी राजमार्ग निर्माण सम्पन्न भएपछि  प्यूठान, गुल्मी र अर्घाखाँचीका विकटका बस्तीहरूको मुहार बदलिने त्यस क्षेत्रका स्थानीयले बताएका छन्। लामोसमयदेखि निर्माणधीन राजमार्गले चालु आर्थिक वर्षदेखि निरन्तरता पाउने भएको छ। गुल्मीको मदाने गाउँपालिकास्थित सिमलटारीहुँदै आउने उक्त राजमार्गले प्यूठानको झिमरुकसहित अधिकांश भूभागहरू समेट्ने छ। अर्घाखाँचीको अधिकांश मालारानी गाउँपालिकासहितको बस्ती उक्त राजमार्गले जोड्ने छ।

राजमार्ग निर्माणपछि प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई एक आपसमा जोड्ने झिमरुक गाउँपालिका-१ सौतामारेका वडा अध्यक्ष धुर्वराज खनालले बताए। 'तीन जिल्लाका यी पर्यटकीय गन्तव्य देशभरमै चर्चामा छन्',उनले भने,'सहज सडक पहुँच भएपछि प्रवर्द्धनमा धेरै सजिलो हुने छ।' उनले 
गाउँको आर्थिक विकास र आयआर्जनमा वृद्धि गर्नका लागि हिँड्डुल गर्ने बाटो सजिलो हुनुपर्ने उल्लेख गरे। यस राजमार्गअन्तर्गत पर्ने गुल्मीको मदाने गाउँपालिकास्थित सिमलटारीदेखि प्यूठानको झिमरुक गाउँपालिका मच्छिसम्मको ३१ दशमलव ८ किलोमिटर सडक कालोपत्र गर्न टेण्डर आव्हान भइसकेको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललितपुरले उक्त सडक कालोपत्र गर्नका लागि मच्छिसम्मको खण्डमा एक अर्ब ९२ करोड रुपैयाँ बराबरको बोलपत्र आव्हानको सूचना प्रकाशित गरेको हो।

सन्धिखर्क-भण्डार-रतनमारे-गोखुंगा सडकअन्तर्गत २७ दशमलव २६ किलोमिटर सडक कालोपत्र हुनेछ। यस खण्डका लागि एक अर्ब ७२ करोड बजेट विनियोजन भएको छ। गोखुंगाहुँदै गएको खण्ड र सौतामारे मच्छिहुँदै गएको खण्ड प्यूठान नगरपालिकाको मरन्ठानामा पुगेर मिसिने छन्। मच्छिदेखि बाग्दुलासम्मको क्षेत्रमा अर्को महत्वपूर्णको योजना बाग्दुला-भिमगिठे सडकले सडक कालोपत्र गर्नेछ। यस योजनाअन्तर्गत सात मिटरको दुईतर्फी सडक निर्माण हुने निर्देशनालयका निर्देशक अशोक तिवारीले जानकारी गराए। 'यो बहुवर्षीय योजना हो', तिवारीले भने, 'तीन वर्षभित्र उक्त आयोजना पूरा गर्ने लक्ष्य छ।' 

वर्षौ अघिदेखि चर्चामा रहेपनि सडक निर्माणको कामले गति नलिएपछि यस क्षेत्रका स्थानीय सडक बन्नेमा ढुक्क थिएनन्। तर, टेण्डरको सूचना प्रकाशन भइसकेपछि स्थानीयमा आशा पलाएको हो। ग्रामीण अर्थतन्त्रको विकासमा मदन भण्डारी राजमार्ग कोशेढुंगा सावित हुने स्थानीयको प्रतिक्रिया छ। 

सडक क्षेत्रमा पर्ने घर टहराहरूलाई मापदण्ड अनुसार मुआब्जा दिने आयोजनाले जनाएको छ। आयोजनाले माग गरे अनुसार सडक क्षेत्रमा पर्ने घर टहरा र जग्गाको क्षेत्रफलको विवरण पठाइएको झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी गराए। मदन भण्डारी राजमार्ग अर्घाखाँचीहुँदै जाने वा प्यूठान हुँदै जाने भन्ने विवादले गर्दा केही समय यसले गति लिन सकेको थिएन्। 

गुल्मीका सांसद् एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, अर्घाखाँचीका सांसद् एवं पूर्व मन्त्री टोप बहादुर रायमाझी र प्यूठान सौतामारे निवासी एमाले नेता सूर्य थापाको विशेष पहलमा दुवै जिल्लालाई समेट्ने गरी सडक निर्माण गर्ने छलफल भएपछि योजनाले गति लिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.