मेलिना राईले चार महिनामै तोडिन् प्रेमीसँगको इंगेजमेन्ट

मेलिना राईले चार महिनामै तोडिन् प्रेमीसँगको इंगेजमेन्ट

काठमाडौं : गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इंगेजमेन्ट तोडेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले इंगजमेन्ट तोडिएको बताएकी छन्।

'केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोँचसहित त्यो निर्णय गरिएको थियो,' उनले भनेकी छन्, 'समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो वीचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।'

उनले इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नहुने स्पष्ट पारेकी छन्। 'सबै इंगेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इंगेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत् सार्वजानिक गर्दछु,' उनले भनेकी छन्।

उनले शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छन्। भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता उनको छ। नेपाली सांगीति क्षेत्रमा चर्चा कमाएकी मेलिनाले गत वैशाख २ गते बराइलीसँग इंगेजमेन्ट गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.