खेल खेल्ने क्रममा बेहोस भएका कर्मचारीको मृत्यु

खेल खेल्ने क्रममा बेहोस भएका कर्मचारीको मृत्यु

नुवाकोट : नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक जनाको खेल खेल्ने क्रममा ज्यान गएको छ। फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका-५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएपछि उनका साथीहरूले अस्पताल लगेपनि उनको बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनको मुटुको भल्ब केही वर्ष अघि फेरिएको बताइएको छ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ। विद्युत प्राधिकरणमा ज्यालदारीमा कार्यरत राईको मृत्यु भएपछि उनका परिवारजन तथा आफन्तले उनकी पत्नीलाई रोजगारी दिनुपर्ने माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.