चर्चामा ‘मादलुको ताल’

चर्चामा ‘मादलुको ताल’

स्याङ्जा : तीज नजिकिँदै गर्दा स्याङ्जामा पनि तीज गीतहरू बज्न थालेका छन्। दोहोरी भाकामा गाइएका गीतले जो कोहीलाई पनि नाँचुम्, नाँचुम् बनाउँछ।पछिल्लो समय स्याङ्जाका गायिका सुनीता पौडेल, गायक राजेश भण्डारी र समित सुनारको स्वर तथा मिलन विश्वकर्माको लय र शब्दको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत निकै घन्किने गरेका छन्। 

गीतमा तीजको मौलिकपन दिन खोजिएको छ। अघिल्ला वर्षमा कोरोना संक्रमणका कारण नाच्न नपाए पनि यस वर्ष धोको फेरेरै नाच्ने र तीजको रमाइलो गर्ने गीतमार्फत भनिएको छ। गीत अडियो तथा भिडियो दुवैमा निर्माण गरिएको छ।  महिला स्वरमा ‘तीजका लागि सारी किनें, भरेको फूलबुट्टा, धोको फेरि नाँच्नै मन छ दुखे दुखोस् खुट्टा’ 

घनन्, हाई ....... घनन्, . घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाच्छु  यसैसाल। यसैगरी, पुरुष स्वरमा ‘ज्यान सुहाउँदो शृंगारमा कमी रातो टिकी, रातो टिकी किनिदिउँकी, दिउँकी मुटु झिकी’ घनन्, हे ....हे .घनन्...........घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाँच्छ यसैसाल।।

यी गीतका केही अंश हुन्। यसरी नै दोहोरी भाकामा गाइएका गीत अहिले बजारमा चर्चामा छन्। कोरोनाका कारण घरमा बस्न बाध्य भएका दिदीबहिनीलाई गीतले उत्साहित बनाएको छ। गीतको निर्देशन राजेश भण्डारी र छायांकन विजय पोखरेलले गरेका हुन्। गीतको छायांकन पुतलीबजार नगरपालिका–३ स्थित गुणीखोला मन्दिर परिसरमा गरिएको हो। स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थानीय कलाकारलाई नै गीतमा नृत्य तथा अभिनय गर्ने अवसर दिइएको गायिका सुनिता पौडेलले बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.