सांगीतिक क्षेत्रमा जमेका कृष्ण

सांगीतिक क्षेत्रमा जमेका कृष्ण

सन्धिखर्क : निरन्तरको मेहनत र लगनशीलताले नै सफलतामा पुर्‍याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग  मेल खाएको छ। गायनसँगै अभिनयलाई समय दिएका सापकोटाले मेहनत, परि  श्रम, लगनशीलता र इमान्दारिताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्ड समेत पाउन सफल भएका छन्। 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बल्कोटमा जन्मिएका सापकोटा सानैदेखि गीत संगीतमा रुचि राख्थे। गीत संगीतमै केही गर्ने आँट बोकेर काठमाडौं छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए। 

सापकोटाका ‘भन्छौ तिमी’, ‘भुरुरु उडेर चरी’, ‘तिम्रो यादमा’, ‘नशा’लगायतका गीत बजारमा आएका छन्। गायनभन्दा पनि मोडलिङमा बढी समय खर्चेका सापकोटाले अहिलेसम्म एक सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।  उनले यो वर्ष मात्रै ज्योति फिलिम्स अवार्ड, नेसनल नेपाल म्युजिक फेसन अवार्ड, राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड पाउन सफल भएका छन्। यस अघि उनले २०७४ सालमा नाट्यस्वोरी म्युजिक अवार्ड पाएका थिए। गीत संगीत र मोडलिङका माध्यमबाट अर्घाखाँची जिल्लाको नाम चिनाउनसमेत सफल उनले जिल्लालाई चिनाउने गीत पनि निकाल्न लागेको बताए। 

उनी अभिनय, गायन, लेखन र हास्यब्यङ्गसमेत चारै विधामा राम्रो दख्खल राख्छन्। मोडलिङमा विशेष क्षमता भएका सापकोटा पेशाप्रतिको इमान्दारिताका कारण कलाकारिताको मैदानमा दिनानुदिन सफलता हासिल गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.