रुपन्देहीमा तीव्र गतिमा सवारी साधन चलाउनेलाई कारबाही

रुपन्देहीमा तीव्र गतिमा सवारी साधन चलाउनेलाई कारबाही

भैरहवा : रुपन्देही जिल्लामा तीव्र गतिमा सवारी साधन चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले कारबाही गर्न थालेको छ।

रुपन्देही ट्राफिकले सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी साधनहरूको 'राडर गन' (लेजर गन) मार्फत गति मापन गर्न थालेको छ।

'सवारी दुर्घटना न्यूनीकरण गर्न हामीले 'राडर गन' मार्फत सवारी साधनको गति मापन गर्न सुरु गरेका छौँ', प्रहरी निरीक्षक केशव केसीले भने, 'यदि तीव्र गतिमा सवारी साधन चलाएको पाइएमा तत्काल कारबाही हुन्छ।'

६० किमी प्रतिघण्टाका हिसाबले सवारी साधन चलाउनुपर्ने हन्छ। यदि ६० भन्दा गति बढी भयो भने ट्राफिक प्रहरीले चेकिङको क्रममा राडर गनमार्फत तीव्र गतिको सवारी साधनलाई पहिचान गरी कारबाही गर्नेछ। 

जिल्लाअन्तर्गतका विभिन्न सडक खण्डहरूमा तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि 'राडर गन' को प्रयोग गर्न थालिएको प्रहरी निरीक्षक केसीले बताए।

उनका अनुसार जिल्लामा सवारी दुर्घटनाका विभिन्न कारणहरूमध्ये करिब ९० प्रतिशत सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको छ।

मंगलबार रुपन्देही ट्राफिक प्रहरीले गरेको चेकिङमा तीव्र गतिमा चलाउने ३२ वटा सवारी साधनलाई कारबाही गरिएको छ। जसमध्ये २३ वटा चार पांग्रे, आठवटा मोटरसाइकल र एउटा ई-रिक्सालाई जरिवाना गरिएको उनले बताए।

'पहिलो पटकको लागि जरिवाना गरेर छाडेका छौँ', उनले भने, 'पुन: सोही गल्ती दोह्राएमा कडा कारबाही गर्नेछौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.