गोसाइँकुण्डबाट फर्कने क्रममा बिरामी परेका तीर्थयात्रीको उद्धार
रसुवा : जनैपूर्णिमाको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा गएर फर्कने क्रममा बिरामी परेका एक तीर्थयात्रीको उद्धार गरिएको छ। काभ्रेको बनेपा नगरपालिका-१२ बासटोल घर भएका ५८ वर्षीय ठुलो कान्छा सत्यालको मंगलबार उद्धार गरिएको हो।
सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ ढिम्सामा आइपुग्दा एक्लै अलपत्र अवस्था रहेको सूचना पाएपछि प्रहरी सो क्षेत्रमा पुगेको थियो। उनलाई सोमबार ढिम्साको लालिगुराँस होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । उनी मंगलबार बिरामी परेका थिए। बिरामी भएपछि विष्णुदल गण धुन्चेका नेपाली सेनाको टोलीले उद्धार गरेको हो। उनलाई स्ट्रेचरमा बोकर धुन्चे ल्याउँदै गरेको र आफन्तलाई समेत बोलाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !