अर्थर गनको ‘होम कमिङ टुर’

अर्थर गनको ‘होम कमिङ टुर’

काठमाडौं : अमेरिकन आइडलमा अर्थर गनले परिचित दिवेश पोखरेल ‘होम कमिङ टुर’का लागि नेपाल आउने भएका छन्। डेनिस बियर ब्रान्ड टुबोर्गले अर्थरलाई नेपाल ल्याउन लागेको हो। 

सन् २०२० मा सम्पन्न अमेरिकी गायन रियालिटी शो अमेरिकी आइडलमा उपविजेता बनेका नेपाली मूलका अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका मुख्य सहरमा सांगीतिक प्रस्तुति दिने छन्। अर्थर अमेरिकामा गीतकार, संगीतकार तथा गायकका रुपमा परिचित छन्। अमेरिकन आइडलको सन् २०२० को १८औं संस्करणमा सहभागिता जनाएपछि अर्थरको लोकप्रियता चुलिएको थियो।

उनले अमेरिकन आइडलको अडिसनमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यु एभर सिन द रेन’ गीत गाएका थिए। उनका प्रस्तुतिलाई सबै निर्णायकले प्रशंसा गरेका थिए। उनको भिन्न र अद्वितीय स्वरलाई चर्चित अन्तर्राष्ट्रिय गायक एवं कलाकारले कार्यक्रमभरि प्रशंसा गरेका थिए। हालसम्म उनले आठ वटा गीत रहेको आफ्नो पहिलो एल्बम ‘ग्रहण’ सन् २०१८ को सुरुवातमा रिलिज गरेका थिए। यस्तै सन् २०१९ मा सार्वजनिक गरेको एल्बम ‘खोज’मा ‘म’, ‘खोज’ र ‘कर्णाली’लगायतका गीत समेटेका छन्। 

विश्वभरका दर्शकहरूबाट अपार माया र समर्थन पाएपछि अर्थरले मातृभूमि फर्कने योजना बनाएका हुन्। टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन लागेको हो। गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टका अनुसार टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। ‘टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई संधै समर्थन गर्दै आएको छ’, उनले भने, ‘सोही समर्थनलाई निरन्तरता दिँदै अर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं। उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरूलाई गौरवान्वित बनाएका छन्।’

‘होम कमिङ टुर’मार्फत् नेपाल आउन लागेका अर्थर पनि खुसी छन्। उनले टुरमा सहयोग गरेकामा टुबोर्गप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन्। ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्केर आउन पाउँदा म धेरै खुसी छु’, अर्थरले भने, ‘यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा ट्ुबोर्गप्रति धन्य छु। म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनुहुने मेरो शुभचिन्तकहरूको माझमा प्रस्तुति दिन निकै उत्साहित छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.