स्याङ्जा प्रशासनमा कर्मचारीको धर्ना
![स्याङ्जा प्रशासनमा कर्मचारीको धर्ना](https://annapurnapost.prixacdn.net/media/albums/DharnaKarmachari1_20220810143951_gDlo0uJZNF.jpg)
स्याङ्जा : विभेद्युक्त तलबसहित वृद्धि विकास गरेको भन्दै स्याङ्जाका राजपत्रअनंकित कर्मचारीले असन्तुष्ट प्रकट गर्दै बुधबार विहान एक घण्टा धर्ना दिएका छन्।
संघीय निजामति सेवा ऐनमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीका बढुवालगायत वृत्ति विकासमा विभेद् गरिएको भन्दै तत्काल सच्याउने माग गर्दै राजपत्रअनंकित कर्मचारी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।
हालै सार्वजनिक भएको सेवा चालु आर्थिक वर्षदेखि लागूहुने गरी नयाँ तलबमानको विषयलाई सच्याउन दबाब दिने उद्देश्यले यहाँका कर्मचारीले मंगलबार संयुक्त बैठकबसी ३ बुँदे निर्णय गरेका थिए।
उनीहरुले केन्द्रदेखि सञ्चालित राजपत्रअनंकित कर्मचारीका हकहितका कार्यक्रममा ऐक्यबद्धता जनाउने, आफ्ना मागलाई सशक्त र प्रभावकारी बनाउन आन्दोलन परिचालन समिति र सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका हुन्।
निर्णयबमोजिम भेलाले राजपत्रअनंकित हक हित संरक्षण समितिमा प्रकाशकुमार अर्यालको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन समितिसमेत चयन गरेको छ।
समितिका अन्य सदस्यमा सुमित मरासीनी, शर्मिला शर्मा, राजन पनेरु, बिष्णुप्रसाद चापागाई, मोतीप्रसाद आचार्य र भागीरथ सिग्देल चयन भएका हुन्।
त्यसैगरी, सल्लाहकार समितिमा बिभिन्न कर्मचारी संघ संगठनका प्रमु्खहरु आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजुप्रसाद मरासीनी, निजामति कर्मचारी युनियनका सभापति ज्ञानप्रसाद अर्याल, निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बरबहादुर पराजुली, राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष गुरुदत्त ढकाल र राजेन्द्रप्रसाद पराजुलीलाई चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)