पढाइ शिविरप्रति बालबालिकाको बढ्दो आकर्षण

पढाइ शिविरप्रति बालबालिकाको बढ्दो आकर्षण

डोटी : डोटीका समुदायमा सञ्‍चालन भइरहेका पढाइ शिविरप्रति बालबालिकाको आकर्षण बढ्दो देखिएको छ ।

कक्षा ३ सम्मका विद्यार्थीलाई शनिबारको दिन अतिरिक्त पढाइ हुने गरिन्छ । बालबालिकाको पढाइ सिप विकास गर्न शनिबारका दिन पढाइ शिविर हुने गरिएको हो ।

जिल्लाका चारवटा पालिका भित्रका विभिन्न विद्यालयमा ९२ पढाइ शिविर सञ्चालनमा आएका छन् । पढाइ शिविरमा बालबालिकालाई विभिन्न खेल माध्यमबाट सिकाइ तथा पढाइ सिप विकास गर्ने गरिएको आदर्श गाउँपालिका– ५ स्थित पिड पढाइ शिविर सहजकर्ता भगवती धामीले बताइन् ।

शिविरमा बालबालिकालाई कक्षा कोठामा बसाइ व्यवस्थापनदेखि सरसरफाइका कुराहरु समेत सिकाउने गरेको पाइन्छ । वर्ल्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले विभिन्न समुदायमा पढाइ शिविरलगायत अन्य कार्यक्रमहरु गर्दै आइरहेका छन् । 

शिविरले पढाइ सिप विकास भइरहेको विद्यार्थी लक्ष्मी धामीले बताइन् । पढाइमा सुधार आइरहेको तथा सरसफाइलगायत अतिरिक्त क्रियाकलापमा समेत सहयोग भइरहेको अर्का विद्यार्थी प्रज्वल धामीले बताए । विद्यालयमा छापामय कक्षा कोठा निर्माण भएकाले समेत पढाइमा सहज भइरहेको बालबालिकाहरुले बताएका छन् ।

दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका विभिन्न विद्यालयमा समावेशी तथा गुणस्तरिय शिक्षा प्राविधिक परियोजना तथा बाल स्पोन्सरसीप परियोजना लागू भएको छ । परियोजनामार्फत विद्यालयमा बालमैत्री, अपाङ्गमैत्रीलगायतका भवन तथा शौचालयहरु निर्माण, बाल क्लबलाई विभिन्न किसिमका शैक्षिक सामग्री, खेलकुदका सामग्रीहरु उपलब्ध गराउने गरिन्छ भने बालक्लबलाई बालविवाह तथा छाउपडी प्रथा न्युनिकरण गर्न विभिन्न किसिमका सडक नाटक, तालिम दिइने गरेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।

कार्यक्रम प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनका लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने आदर्श गाउँपालिका-३ का बालक्लबका अध्यक्ष प्रेम पाठकले बताए । उनले टोल–टोलमा गएर अभिभावकलाई समेत बालविवाह तथा छाउपडी न्युनिकरण गर्न विभिन्न तालिम लगायतका क्रियाकलाप दिनुपर्ने बताए ।

पूर्वीचौकी गाउँपालिका–१ र २ का बालबालिकाहरुको शैक्षिक सुधार तथा विपन्न परिवारका बालबालिकाहरुको आर्थिक सुधारमा समेत फड्को मारिरहेको अभिभावक रमेश खड्काले बताए ।

परियोजनामार्फत विपन्न परिवारका बालबालिकामार्फत बाख्रा समेत वितरण गरिएको छ । 

कार्यक्रम प्रभावकारी तथा दिगो राख्न स्थानीय तहलगायत सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.