जनैपूर्णेको डोरो–रक्षाबन्धन–क्वाती महात्म्य

जनैपूर्णेको डोरो–रक्षाबन्धन–क्वाती महात्म्य

पूर्वीय जीवन दर्शन हाम्रो। ज्ञान–विज्ञान–धर्म आस्थाको केन्द्र। केन्द्रबिन्दु आस्थाको मध्य–केन्द्र। जीवनको मध्य नाभीस्थल। मातृकोषमा रहँदा नरनारी नाभीको माध्यम भोजन पदार्थ सेवन गर्छन्। नाभीस्थल ब्रह्मा– विष्णु – महेश्वरका प्रतीकात्मक आधार। नाभीस्थलबाटै कमलको डन्ठी चुलिन्छ। सृष्टि–स्थिति–मोक्षका बलदायिनी त्रिमूर्ति प्रकट छ। प्रतीक बिम्ब हो। बिम्ब वस्तुको छाया। घाममा छाया पर्छ। घामको गतिअनुसार छायाको आकार बन्छ। मध्याह्नको छाया पाइतालामुनि पर्छ। शनैशनै वस्तुको आकारको छायाले रूप फेर्छ। अन्धकारमा छाया बिलाउँछ आफैं। चुपचाप चुपचाप। जगत्का नियम यस्तै। फेरबदल सौर्य मण्डलीय ग्रह गोचारकै नियमित आकस्मिकता। बुझ्नेलाई नियमिकता अरूलाई दैवागत परम्परा। जस्तो आफू उस्तै अरू !

जनैपूर्णेको डोरो रक्षा बन्धनको प्रसंग गर्दै थिए। हाम्रा वैदिक कुलायन तन्त्रमा भाद्र नवौं मासमा पर्छ। मार्ग शिर्य चन्द्रायण गतिमानअनुसार प्रारम्भिक महिना। चन्द्रायण पात्रअनुसार भाद्र नवौं महिना हुन्छ। नवौं महिनामा पर्दो जनै डोरो नवसूत्रमा बाटेर आवर्यन प्रत्यावर्तन हुन्छ, हुने गर्छ। यसैले जनैडोरो पनि नवशुत्रमा निर्मित हुन्छ। नवशुत्रका अन्यान्य प्रंसगहरू पनि छन्। नवरत्न, नवरथा, नवदुर्गा, नवजात बालक, नौ महिनासम्म माताको गर्भमा रही जन्मेको बालक। मात्र पूर्वीय जीवन पद्धतिले होइन, पाश्चात्य जीवन लीलामा नि नाइन फाइन कहावत माझिएको अनुभूत हुन्छ। नवबाजा, नौ प्रकारका गायन सराजाम– द्योलक, मृदंग, धिमेबाजा, भुछया, सिछया, झ्याली, ताल, करनाल, मुहाली आदि। नवसूत्रका धार मानवजीवन आधार नै हो। विश्वव्यापी जीवन संस्कार, संस्कृति– सभ्यता – सम्पदाकै मूलधार नै रहेको छ।

जनैसूत्र कपासबाट बनाइएको धागो– डोरा। कपासका वस्त्र देहिक शरीरका लागि अति स्वस्थ्यकर तŒव। कपासबाट बनाइएका वस्त्र जति स्वस्थ्यकर अरू तन्तुबाट हँुदो रैन छ। आध्यात्मिक सोच आदिकालीन। पौराणिकताभित्रका वैज्ञानिकता झल्किँदो छ। गम्भीर सोच विचार र चिन्तन, मनन्–विश्लेषण विज्ञानमूलक– अर्वाचिन युगधारी विज्ञान उन्मुखधार।

जनैपूर्णिमा काठमाडौं उपत्यका तथा विभिन्न कालखण्डमा विविध कारणवश देशका अनकानेक गाउँ, जिल्ला, प्रदेशहरूमा बसाइ सरे। नेवार सम्प्रदायका नेपाली नागरिक जनता अझै पुख्र्यौली संस्कारलाई जनैपूर्णिका दिन क्वाँती परम्परालाई पालन गरिरहेकै छन्। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीका नेवार बन्धुहरू अझै क्वाँती भोजन संस्कार–संस्कृतिलाई मौलिक सम्पदा धानिरहेको पाएको स्वानुभूति छ। क्वाँती शब्द विशुद्ध नेपालभाषा (नेवारी) हो। यो भाषा दन्त्य प्रधान छ। नेपाली राष्ट्रभाषा मूर्ढण्य प्रधान। मूर्ढण्य प्रधान ध्वनि तालुस्थानमा जिब्रो छोइएर उच्चारण हुन्छ। त्यस उसले नेपाल भाषाका शब्द नेपाली भाषी जनजिब्रोले दन्त्यलाई मूर्ढण्यमा परावर्तन गरेका पाइएका छन्। उदाहरणको लागि क्वाती – क्वाँटी। क्वातीको शब्दार्थ हुन्छ–क्वाँती तातो झोल। (क्वा –तातो) ति –झोल। तातो रस –झोल। क्वा – शब्द दुई अर्थी छ नेपालभाषामा। क्वा को दोस्रो अर्थ हुन्छ परिकार। 

क्वाती नौ विभिन्न मास, मुगी, भटमास, सानुकेराउ, मटरकेराउ, मस्याङ, कैलोसिमी, रातो मास, सेतोसिमी। नौ प्रकारका गेडागुडीमा शुद्ध खेती किसानी गर्ने समुदायिक परिवारमा बकुला पनि मिसाउने चलन पनि छ। क्वाती परिकारलाई बढी स्वादिलो बनाउन नलीहाडभित्रको खसीबोका आदिका रगतमासी भुटेर उमार्दा बढी स्वादिलो–रसदार बन्छ। गुरगुर घण्टौ उमाल्दा पनि क्वाँती पाक्न पुग्छ। अन्तिम पाक विधि विधान पूर्ण त्यतिञ्जेल हुन्छ, जतिन्जेल शुद्ध तोरीको तेल÷घिउ, करकराई ज्वानु कैलो हुनासाथ झाईंय झानेपछि परिपक्व हुन्छ। एकछिनमा बोलमा भर्दै चिकेन, बफ् मोमो डुबाउँदै स्वाद भरौं। मेरो बाल अवस्थामा बोल बजारीकरण भैसक्या थिएन। काठको फुवामा भर्दै क्वाटी–मम खाने गर्थे। अलि सिंहावलोकन आफ्नै बालापनको यो। यताध्य क्वाति महात्म्य !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.