भैरहवाबाट गृहमन्त्रीले भने- नागरिकता विधेयक अविलम्ब स्वीकृत होस्

भैरहवाबाट गृहमन्त्रीले भने- नागरिकता विधेयक अविलम्ब स्वीकृत होस्

भैरहवा : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने धारण राखेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजित कोभिड-१९ रोगविरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भइसकेको नागरिकता विधेयक अझै पनि किन स्वीकृत नभएको विषय आफूहरुले बुझ्नै नसकेको बताए।

उनले पटक-पटकको छलफलपश्चात् सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक स्वीकृत गर्न (राष्ट्रपतिलाई) आग्रह गरे। सीमाको रक्षा गरेर बसेका नेपाली नागरिकका सन्तान आफ्नै देशमा अनागरिक भएर बस्नुपरेको पीडाबारे उल्लेख गर्दै उनले विधेयक स्वीकृतपश्चात् सरकारी स्वामित्वमा रहेका कार्यालयमा जागिर, उद्योगी, व्यवसायी बन्नसक्ने बताए।

वर्तमान समयमा नेपाली आमा बाबुका करिब ६ लाख सन्तानहरु नागरिकताबाट वञ्चित भएकाले उनीहरुलाई नेपाली नागरिक भएको अनुभूति दिलाउन पनि नागरिकता विधेयक स्वीकृत हुन आवश्यक रहेको उनले जनाए।

उनले पूर्व सरकारले ल्याएको विधेयकमा सार्क मुलुकबाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको विषयमा मात्र संशोधन गरी अन्य विषयहरु जस्ताको त्यस्तै रहेको प्रष्ट पारे।

कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउँदै उनीहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनुपर्ने बताए।

स्वयंसेविकाहरु सेवानिवृत हुँदासमेत उनीहरुको जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्नसमेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए।

कोभिड महामारीमा काम गरेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वयंमसेवक, सुरक्षाकर्मी लगायतलाई उनले धन्यवाद ज्ञापन गरे।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले कोभिडको महामारीको रोकथाम तथा नियन्त्रणका लागि अंग्रपक्तिमा खटिएर काम गरेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, पत्रकार, स्वयमंसेव, एम्बुलेन्स चालक, समाजिक संघसंस्था लगायतको प्रयासले नगरमा संक्रमणको रोकथामका लागि सहज भएको भन्दै उनीहरुप्रति आभार व्यक्त गरे।

उनले अझै पनि संक्रमण पूर्णरुपमा निर्मूल नभएको कारण बेलहिया नाकामा सजगता अपनाइएको बताए। उनले नाकाबाट मुलुकमा प्रवेश गर्ने सर्वसाधरण, पर्यटक लगायतलाई नाकामा परीक्षण गर्ने र आवश्यक प्रबन्ध मिलाउनेलगायत संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कार्यहरु भइरहेको बताए।

रुपन्देही जिल्ला कोभिड-१९ रोग विरुद्धको पूर्ण खोप र १५ महिनामुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ। रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ वर्षभन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात् ८ लाख ५३ हजार ७८ जनालाई कोभिडविरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.