नुवाकोटमा राहदानी बनाउने बढे
नुवाकोट : नुवाकोटमा राहदानी बनाउनेको संख्या बढेको छ। विशेषगरी वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने धेरै छन्।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा राहदानी बनाउनेबाट साढे दुई करोड राजस्व संकलन गरेको छ।
१२ स्थानीय तह रहेको नुवाकोटमा ११ महिनामा ४ हजार ६ सय ४० ले राहदानीका लागि फारम भरेका थिए। जसमध्ये ४ हजार एक सय १७ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ।
पछिल्लो समय देशमा रोजगार नभएपछि विदेशिनेको संख्या बढेको स्थानीय तहले जनाएका छन्। कोरोनाका कारण दुई वर्षदेखि विदेश जान नपाएपनि आजभोलि जाने क्रम बढेको छ।
कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउनेको संख्या पनि बढेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले जानकारी दिए।