तेस्रो दिन पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन

तेस्रो दिन पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन

नुवाकोट : नुवाकोटको ओखरपौवास्थित बन्चरेडाँडामा तेस्रो दिन बिहीबार पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरीएको छ। काठमाडौं उपत्यकाको फोहोर लगातार तीन दिनदेखि प्रहरी परिचालन गरेर नुवाकोटको पूर्वी भेगमा रहेको बन्चरेडाँडामा विसर्जन गरिँदै छ। 

स्थानीयवासीको अवरोधका बीच ठूलो संख्यामा प्रहरी परिचालन गरेर आज दुई सय ९७ थान ट्रिपरमा लगिएको फोहोर प्रहरीको सुरक्षाका बीच बन्चरेडाँडामा विसर्जन गरिएको हो। 

बन्चरेडाँडा नुवाकोटको सदरमुकाम विदुरदेखि ५५ किलोमिटर पूर्वी भेगमा पर्छ। काठमाडौं उपत्यकाको फोहोर बिहीबार एकसय ५० नेपाल प्रहरी र एकसय ५० जना नै सशस्त्र प्रहरीसमेत गरी तीन सय सुरक्षाकर्मी परिचालन गरिएको नुवाकोट प्रहरीले जनाएको छ। तीन दिनमा ६ सय ७१ थान ट्रिपरमा फोहोर लगिएको छ। 

विभिन्न माग राखेर स्थानीयवासीले दुई महिनादेखि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्दै आएका छन्।

स्थानीयवासीले फोहोरको वैज्ञानिक नियन्त्रण, रोग तथा संक्रमण नियन्त्रण, मानवीय स्वास्थ्य सुरक्षा, औषधि उपचारलगायतका आवाज उठाउँदै फोहोर व्यवस्थापनमा अवरोध गरिराखेका छन्। 

प्रहरीले फोहोर विसर्जनमा अवरोध तथा तोडफोड गरेको आरोपमा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ। ती युवकलाई कारबाहीका लागि नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। 

स्थानीयवासीले ती युवकलाई विना शर्त रिहा गरिनुपर्ने माग गरेका छन्। उनीहरूले बन्चरेडाँडामा फोहोर फाल्न रोकिनुपर्ने माग पनि गरिरहेका छन्। 

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा पटक पटक प्रहरी र स्थानीयवासीबीच झडपसमेत हुने गरेको छ। फोहोर प्रभावित स्थानीयलाई उपेक्षा गरेर जबरजस्ती फोहोर फालिएको स्थानीयले बताएका छन्। 

फोहोर विसर्जनस्थलमा पर्ने सडक मर्मतको काम पूरा नगरी फोहोर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरीएको भन्दै स्थानीय बासिन्दाले विरोध तथा आन्दोलन गरेका हुन्। फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको स्थानीयबासीको भनाइ छ। 

यसअघि फोहोर बोकेका गाडीबाट लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि पालना नभएको स्थानीय बताउँछन्। 

काठमाडौंबाट लगिएको फोहोर ओखरपौवाका स्थानीयबासीले व्यवस्थापन गर्न नदिएपछि नुवाकोटको ककनीमा बुधबार सरोकारवालाको छलफल भएको थियो।  बैठकले बन्चरेडाँडामा फोहोर विसर्जनका विषयमा विविध निर्णय गरेको थियो।

बैठकले बन्चरेडाँडा जाने सडकमार्गमा फोहोर बोकेका ट्रिपरले लिच्चड नचुहिने गरी बोक्ने र त्यसको प्रबन्ध सात दिनभित्र गर्ने, सडकको धुलो तथा हिलो नियन्त्रणका कार्यहरू औषधि तथा पानी छर्कने र त्यसको व्यवस्थापन काठमाडौं महनागरपालिकाले गर्ने, फोहोर विसर्जन गरेपछि टेपिङ (माटोले छोप्ने) कार्यको व्यवस्था गर्ने निर्देशनसहितको निर्णय गरेको थियो। 

प्रभावित जनताले आफ्ना जायज मागलाई सरकारले उपेक्षा गरिरहेको बताएका छन्। स्थानीयवासीले  फोहोर व्यवस्थापनमा राखिएको स्थानीयको माग र दीर्घकालीन अवस्थाबारे प्रक्रियागत रूपमा समाधान गर्दै लगिनुपर्ने बताएका छन्। बन्चरेडाँडा नुवाकोटको ओखरपौवा र धादिङको धुनीवेशी नपाको सिमानामा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.