३ दिनमा फालियो  ६७१ टिपर फोहोर

३ दिनमा फालियो  ६७१ टिपर फोहोर

नुवाकोट : नुवाकोटको बन्चरेडाँडामा तेस्रो दिन बिहीबार पनि प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको छ। काठमाडौं उपत्यकाको फोहोर लगातार ३ दिनदेखि स्थानीयवासीको अवरोधका बाबजुद पनि बिहीबार २ सय ९७ थान ट्रिपरमा फोहोर विसर्जन गरिएको हो।

बिहीबार १५० नेपाल प्रहरी र १५० जना सशस्त्र प्रहरी गरी ३ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीको सुरक्षाका साथ ३ दिनसम्म ६७१ थान ट्रिपरमा ल्याइएको फोहोर विसर्जन गरिएको नुवाकोट प्रहरीले जनाएको छ। बन्चरेडाँडामा मंगलबारदेखि लगातार प्रहरी परिचालन गरेर दैनिक सयौं थान ट्रिपरमा ल्याइएका फोहोर विर्सजन गरिँदै आएको छ। विभिन्न माग राखेर स्थानीयवासीले २ महिनादेखि बन्चरेडाँडामा फोहोर विर्सजन कार्य रोकिनुपर्ने माग गर्दै आएका छन्।

स्थानीयवासीले फोहोरको वैज्ञानिक नियन्त्रण, रोग तथा संक्रमण नियन्त्रण, मानवीय स्वास्थ्य सुरक्षा, औषधि उपचारलगायतका आवाज उठाउँदै फोहोर व्यवस्थापनमा अवरोध भएपछि प्रहरी प्रशासनको सहयोगमा लगातार दैनिक रूपमा सयौं गाडी फोहोर बन्चरेडाँडामा लगिएको होे। स्थानीयले फोहोर विर्सजनमा अवरोध गरेपछि प्रहरीले मंगलबारदेखि नै बल प्रयोग गरेको थियो। प्रहरीले फोहोर विर्सजनमा अवरोध तथा तोडफोड गरेको आरोपमा स्थानीय एक युवकलाई नियन्त्रणमा लिइएको छ। ती युवकलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। स्थानीयवासीले ती युवकलाई बिनासर्त रिहा गरिनुपर्ने माग गरेका छन्।

उनीहरूले बन्चरेडाँडामा फोहोर फाल्न रोकिनुपर्ने माग गर्दै आइरहेका छन्। फोहोर प्रभावित स्थानीयलाई उपेक्षा गरेर बन्चरेडाँडामा जबरजस्ती फोहोर फालिएको जनाउँदै स्थानीयले विरोध गर्दै आएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतसहित तीन सय सुरक्षाकर्मी परिचालन गरिएका छन्। स्थानीयवासीको अवरोध २ महिनादेखि कायमै रहेकाले प्रहरीको स्कर्टिङमा सयौं गाडीलाई बञ्चरेडाँडामा पु¥याइएको हो। बञ्चरेडाँडास्थित फोहोर विर्सजन स्थलमा पर्ने सडक मर्मतको काम पूरा नगरी फोहोर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्यांकी अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले विरोध तथा आन्दोलन गरेका हुन्। फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको स्थानीयवासीको भनाइ छ।

यसअघि फोहोर बोकेका गाडीबाट लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको स्थानीयको भनाइ छ। स्थानीयवासीले फोहोर व्यवस्थापनमा राखिएको स्थानीयको माग र दीर्घकालीन अवस्थाबारे प्रक्रियागत रूपमा समाधान गर्दै लगिनुपर्ने बताएका छन्। बन्चरेडाँडा नुवाकोटको ओखरपौवा र धादिङको धुनीबेंसी नपाको सिमानामा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.