फुड पोइजनले एकै घरका पाँच जना बिरामी, एकको अवस्था गम्भीर

फुड पोइजनले एकै घरका पाँच जना बिरामी, एकको अवस्था गम्भीर

नुवाकोट : नुवाकोटको वेलकोटगढी नगरपालिका-१३ मदानपुर डाँडाकटेरीमा फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी परेका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ।

स्थानीय सरोज पाण्डेका पाँच छोराछोरी फुड पोइजनका कारण बिरामी परेका छिमेकी जनक सेढाइले जानकारी दिए। 

१४ वर्षीय सहदेव पाण्डेको अवस्था गम्भीर भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगेर उपचार भइरहेको छ। 

९ वर्षीय जुम्ल्याहा राम/लक्ष्मण पाण्डे, छोरी १६ वर्षिया लक्ष्मी र अर्की एक जना छोरी रहेका छन्। चार जनाको भने नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। 
    
खानामा फुड पोइजन हुँदा उनीहरू बिरामी परेका चिकित्सकले बताएका छन्। घरमा बुधबार बेलुकी बाँकी रहेको भात बिहीबार भुटेर खाएपछि उनीहरूमा वान्ता आउने तथा डायरिया हुने समस्या देखिएको थियो।

बासी भातमा अखाद्य वस्तु मिसिएर बालबालिकाहरूमा झाडावान्ता हुने समस्या आएपछि घरपरिवार तथा छिमेकीले अस्पताल पुर्‍याएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.