आर्थरले नचाए दर्शक

आर्थरले नचाए दर्शक

काठमाडौं : आर्थर गनको नामले परिचित गायक दिवेश पोखरेलले ‘टुबोर्ग होमकमिङ टुर’मा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका छन्। क्लब प्लाटिनममा उनले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका हुन्। कार्यक्रम ‘उनले के पीर पर्‍यो तिमीलाई ?  ’ गीतबाट सुरु गरेका थिए। ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पाएको थियो। 

दर्शकहरूले आर्थरका नेपाली र अंग्रेजी गीतहरूको मज्जा लिएका थिए। क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यू एभर सिन द रेन’जस्ता चर्चित गीतले सांगीतिक कार्यक्रमको माहोल भिन्न बनाएको थियो। 
क्लब प्लाटिनममा दर्शकहरूको अपार माया र समर्थन पाएका आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडलगायतका सहरमा पनि प्रत्यक्ष प्रस्तुति दिने छन्।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनको हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता बढेको हो। प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्छन्। 
जहाँ उनले बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यू एभर सिन द रेन’ गीत गाएका थिए। उनको प्रस्तुतिलाई सबै निर्णायकहरूले प्रशंसा गरेका थिए। विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनेर प्रशंसा गरेकी थिइन्। 

उनी १८औं सिजनको उपविजेता बने। उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले कार्यक्रमभरि प्रशंसा गरेका थिए। टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध छ। 

टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको छ। त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ।  गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतका विभिन्न विधालाई संधै समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं। किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.