आयुषी मिस लिटिल आइडल

आयुषी मिस लिटिल आइडल

काठमाडौं : मिस लिटिल आइडलको ताज आयुषी घिमिरेले पहिरेकी छन्। मिस लिटिल आइडलको ताजसँगै उनले ३० हजार नगद र वर्ष दिनको ट्युसन फि प्राप्त गरिन्। युरो स्कुल हात्तिगौंडामा अध्ययन गर्ने घिमिरे प्रतियोगितामा उत्कृष्ट प्रस्तुित दिँदै अब्बल सावित भइन्। २० हजार नगद उपहारसहित परमी रतनले दोस्रो स्थान हासिल गरिन्। उनी बागमती बोर्डिङ स्कुलमा अध्ययनरत छिन्। १० हजार नगदसहित बिहानी गुरुङले तेस्रो स्थान हात पारिन्। उनी नेसनल ब्लुमिङ फ्लावर एकेडेमीकी छात्रा हुन्। 

बालिकामा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराउने  उद्देश्यले प्याब्सन काठमाडौं र एयाक्सन इन्टरटेन्मेन्टले संयुक्त रुपमा मिस लिटिल आइडलको आयोजन गरेको हो। आठ सदस्यीय निर्णायक टोलीले छात्राहरूको लेखन, सोधिएको प्रश्नमा उनीहरूले दिएको उत्तर, प्रस्तुत गरेको आन्तरिक प्रतिभालगायतलाई मूल्यांकन गरेर ६५ जना प्रतिस्पर्धीमध्ये विजेता, उपविजेता र तेस्रो छनोट गरेको हो।  निर्णायक  मण्डलमा अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, साँस्कृतिक संस्थानका पूर्वअध्यक्ष प्रदीप बोमजन, नेपाल प्रहरीका डीआईजी भीम ढकाल, स्टाफ कलेजका सहप्राध्यापक शिव अधिकारी, प्याब्सन काठमाडौंका प्रमुख सल्लाहकार हरिकृष्ण  श्रेष्ठ थिए। यसैगरी मिस मंगोल नेपाल २०२१ विजेता एप्रिला घिसिङ, मिस कस्मोपोलिटन वल्र्ड २०१९ की प्रियारानी लामा र अभिनेत्री उषा रजकले प्रतिस्पर्धीहरूको प्रतिभालाई तौलिएका थिए। प्रतिस्पर्धामा  काठमाडौंका १९ निजी विद्यालयका छात्राहरू सहभागी थिए।

विजेतालाई बधाई दिँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बालबालिका समाजका लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। ‘सन्तानले राम्रो गर्दा सबैभन्दा बढी  खुशी हुने मान्छे कोही हो भने त्यो आमा र बुवा हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘विद्यालयमा पाठ्यक्रममा लेखेका कुरा मात्रै पढाइन्छ। अभिभावकहरूले छोराछोरीलाई कस्तो बनाउने भनेर घरमा पनि ध्यान दिनुपर्छ।’ बागमती प्रदेशले एसईई उत्तिर्ण गरेका सबै छोरीहरूलाई प्लस टु पढाउन छात्रावृत्तिको व्यवस्था गरेको उनले बताए।

साँस्कृतिक संस्थानका पूर्वअध्यक्ष बोमजनले अबको शिक्षा जान्ने भएर मात्रै नभई समुदाय र देशप्रति जिम्मेवार र वफादार नागरिक उत्पादन गर्ने खालको हुनु पर्नेमा जोड दिए। प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष रीता राई दाहालले छोरीहरूको आत्मबल बढाउन सन् २००९ देखि नै  मिस लिटिल आइडलको आयोजन गर्दै आएको बताए। 

‘पाठक्रममा नभएको विषयवस्तुहरूको खोजी मिस लिटिल आइडलका माध्यमबाट बालबालिकाहरूमा गर्छौं’, उनीहरूले एकै स्वरमा भने, ‘बालबालिकाहरूको उन्मुक्त हाँसोसँगै देश हाँसिरहेको हुन्छ। उनीहरूको कलिला पाइलासँगै देश अघि बढिरहेको हुन्छ। त्यसैले बालबालिकाहरूको प्रतिभा उजागर गर्न सक्यौं भने मात्रै बालबालिकासँगै देशको भविष्य उज्यालिन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.