गस्तीमा रहेका प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

गस्तीमा रहेका प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-९ स्थित सडकखण्डमा गस्तीमा रहेका प्रहरीमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन्। 

प्रहरीमाथि हातपात गरेको आरोपमा २१ वर्षीय रामबहादुर तामाङ, सोही स्थानका २१ वर्षीय मानबहादुर तामाङ र २० वर्षीय सुबास तामाङ पक्राउ परेका हुन्। 

प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमाथि सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गरी हातपात गर्नेलाई पक्राउ गरी विदुरस्थित प्रहरीको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। 

उनका अनुसार मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको जानकारीसँगै प्रहरी टोली खटेर सो स्थानमा गई युवकहरूलाई सम्झाईबुझाई गर्दा उल्टै प्रहरीहरूलाई विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज र हातपात समेत गरेकाले पक्राउ गरिएको हो। उनीहरूलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.