तीन पारपाचुके, तीन ब्रेकअप

तीन पारपाचुके, तीन ब्रेकअप

न्युयोर्क : किम कार्दसिया चर्चित सोसल मिडिया सेलिब्रेटी हुन्। उनले अमेरिकी टेलिभिजन रियालिटी शोमा काम गरेकी थिइन्। जुन कार्यक्रम उनको जीवनीसँग सम्बन्धित थियो। कार्यक्रम थियो, ‘किपिङ अप विथ कार्दसिया।’ यही कार्यक्रमले उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो। उनले विश्व चर्चित थुप्रै ब्रान्डका लागि पनि मोडलिङ गरेकी छन्। कार्दसिया आफ्नो कामका साथै निजी जीवनका कारण पनि सदैव चर्चामा रहँदै आएकी छन्।

हालै मात्र कार्दसिया प्रेमी पिट डेभिडसनसँग अलग भएकी छन्। डेभिडसन र कार्दसिया दुवैले आधिकारिक रुपमा केही नभने पनि उनीहरूको ब्रेकअप भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनीहरूले नौ महिनासम्म मात्रै डेट गरेको खबर आइरहेका छन्। 

पिट डेभिडसनभन्दा अघि कार्दसिया कान्य वेस्टसँग वैवाहिक जीवन गुर्जार्दै आएकी थिइन्। कान्यसँग असझदारी बढ्न थालेपछि कार्दसिया पिट डेभिडसनसँग नजिकिएकी हुन्। पिटसँग नजिक भएपछि उनले कान्यसँग पारपाचुके गरेकी थिइन्। कान्य एक चर्चित र्‍यापर हुन्। कान्य र कार्दसियाको चार सन्तान छन्। उनीहरू करिब सात वर्ष सँगै बसेका थिए। उनीहरूले सन् २०१४ मा इटालीमा विवाह गरेका थिए। 

कार्दसियाले सबैभन्दा पहिले सन् २००० मा गायक डेमस थोमससँग विवाह गरेकी थिइन्। त्यतिबेला कार्दसिया १९ वर्षकी मात्र थिइन्। उनीहरूको सम्बन्ध मात्रै चार वर्ष टिकेको थियो। सन् २००४ मा उनीहरूले सम्बन्ध बिच्छेद गरेका थिए। कार्दसियाले डेमसको हिंसात्मक स्वभावका कारण अलग्गिन बाध्य भएको बताएकी थिइन्। 

डेमससँग सम्बन्ध बिच्छेद गरेपछि केही समय एक्लै बसेकी कार्दसिया सन् २०११ मा अमेरिकन बास्केटबल खेलाडी क्रिस हम्फ्रिजसँग विवाह गरेकी थिइन्। उनीहरूबीचको सम्बन्ध मात्रै ७२ दिन टिकेको थियो। धेरैले यो विवाहलाई ‘पब्लिसिटी स्टन्ट’का रुपमा पनि चर्चा गर्ने गरेका छन्। यस विवाहका लागि क्रिस र कार्दसियाले १० मिलियन डलर खर्च गरेका थिए।

क्रिसभन्दा अघि कार्दसियाले निक ल्याकीसँग पनि सम्बन्ध राखेकी थिइन्। सन् २००६ मा जेसिका सिम्पसनसँग सम्बन्ध बिच्छेद भएपछि निकले कार्दसियासँग डेट गरेका थिए। निक र जेसिकाको सम्बन्ध बिच्छेदलाई ‘हाई प्रोफाइल’ सम्बन्ध बिच्छेदका रुपमा पनि हेरिन्छ। कार्दसियाले ‘पब्लिसिटी स्टन्ट’का लागि आफूलाई प्रयोग गरेको निकले बताउँदै आएका छन्। 

निक ल्याकीसँग सम्बन्ध तोडेपछि कार्दसिया निक क्याननसँग नजिकिइन्। उनीहरूले सन् २००६ देखि २००७ को बीचमा करिब एक वर्ष डेट गरेका थिए। कार्दसियाको गोप्य भिडियो बाहिरिएपछि उनीहरूबीच मनमुटाव भएको थियो। 

उनीहरू अलग्गिएपछि पनि निक क्याननले किमले आफ्नो दिल तोडेको बताउँदै आएका छन्। निक क्याननपछि किम कार्दसिया रे जेसँग नजिकिइन्। र्‍यापर रे जेसँग नजिक भएपछि नै कार्दसियाले लोकप्रियताको शिखर चढेको बताइन्छ। 

कार्दसियाले लोकप्रियताको शिखर चढेसँगै रे जेसँगको अन्तरंग सम्बन्धका भिडियो बाहिरिएको थियो। त्यसपछि कार्दसियाले रे जेसँगको सम्बन्धलाई पनि बिट मारेकी थिइन्। कार्दसियासँगको सम्बन्ध बिच्छेदपछि रे जेले गोप्य भिडियो बेचेको आरोप अहिले पनि उनीमाथि लाग्ने गरेको छ। कार्दसियाले जिमी रुबेन, भान जोन्स, रेगी बुससँग पनि प्रेम समबन्ध राखेकी थिइन्। तर, उनीहरूबीचको सम्बन्ध लामो समयसम्म टिक्न सकेन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.