नुवाकोटमा सवारी दुर्घटना बढ्यो

नुवाकोटमा सवारी दुर्घटना बढ्यो

नुवाकोट : काठमाडौसँग जोडिएको नुवाकोटमा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ। सडकमार्गको विस्तारसँगै दुर्घटनाको श्रृंखलासमेत बढिरहेको छ। 

जिल्लामा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम पनि बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नुवाकोटमा भएका दुर्घटनाहरूमा १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये १० जना पुरुष, ३ महिला र एक जना बालिका रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ८५ सवारी दुर्घटनामा हुँदा ५२ जना गम्भीर घाइते भएका छन्। २ सय ३५ जना सामान्य घाइते भएका छन्।

यस्तै आर्थिक वर्ष २०७६/०७७ र आव २०७७/७८ मा भएको सवारी दुर्घटनामा ११/११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

पछिल्लो समय निजी सवारीसाधनको संख्या वृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको विस्तार हुनु र सर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी चेतना भएर पनि हेलचेक्य्राइँ गर्दा सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ। 

तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले बताए। 

उनका अनुसार तिव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.