भूकम्पले क्षति भएको विद्यालय भवन निर्माण

भूकम्पले क्षति भएको विद्यालय भवन निर्माण

नुवाकोट : भूकम्पले पुरानो भवन जोखिमपूर्ण भएपछि नुवाकोटको ढिकुरेस्थित एक विद्यालयमा पक्की भवन निर्माण गरिएको छ। यसबाट शिक्षक तथा विद्यार्थीमा अध्ययन अध्यापनमा सुविधा पुगेको छ। 

    
लिखु गाउँपालिका-१ ढिकुरेफाँटमा रहेको नारायणदेवी माद्यामिक विद्यालयमा भारतको सहयोगमा भूकम्प प्रतिरोधी पक्की भवन निर्माण गरिएको हो। भारतीय दुतावासको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित सो भवनको नाम नेपाल भारत मैत्री भवन राखिएको छ। 
    
कूल चार करोड ४५ लाख रुपैयाँको लागतमा निर्मित सो विद्यालयमा २० कोठा रहेका छन्। भवनको ५० मिटर टाढा पक्की शौचालयसमेत निर्माण गरिएको छ। 
    
भवन शनिबार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गरे। विद्यालयलाई भवन हस्तान्तरण गर्दै प्रमुख अतिथि श्रेष्ठले अबका विद्यार्थीहरूलाई सिपयुक्त र जीवनोपयोगी शिक्षा आवश्यक रहेको र त्यसका लागि पालिका क्रियाशील रहेको बताए। 
    
विद्यालयमा हाल पाँच सय विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक हरिप्रसाद लामिछानेले जानकारी दिए। उनका अनुसार कूल विद्यार्थीमध्ये ६० प्रतिशत आदिवासी जनजाति र १० प्रतिशत दलित समुदायका विद्यार्थी छन्। 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.