बालबालिकाका लागि समय

बालबालिकाका लागि समय

घर छेवैको बाटोबाट हाम्रो समुदायमा बस्ने करिब एक दर्जन स–साना बालबालिका लैजान मन्टेश्वरीको भ्यान बिहान ८ बज्दा नबज्दै ट्याँट्याँ टुँटँु गर्दै आइपुग्छ। भ्यानको आवाजसँगै घर पल्तिरको बच्चाको रुवाइ चर्किंदो सुनिन थाल्छ। त्यसअघि कामकाजी बाबुआमालाई बच्चाको खानपानको चाँजोपाँजो मिलाउन भ्याइनभ्याइँ देखिन्छ। बच्चालाई कहिले आधा पेट त कहिले भोकै झोला बोकाएर मन्टेश्वरी स्कुल नपठाए आमाबाबुको दिन नै अप्ठ्यारोमा पर्न सक्छ। आजभोलि यस्ता दृश्य सबैजसो टोलछिमेकमा देखिनु नौलो होइन।

समाजशास्त्री चैतन्य मिश्र भन्छन्, ‘पछिल्लो समय नेपालमा राजनीतिक परिवर्तनसँगै परिवारको आयतन, संरचना, जीविकोपार्जनका आधारलगायत परिवारभित्रका अन्तर्सम्बन्धमा पनि महŒवपूर्ण परिवर्तन भएको छ।’ चाहे संयुक्त परिवार होस् या एकल परिवार। बच्चा दुई वर्ष नपुग्दै घर राख्नुभन्दा विद्यालय, धाईआमा तथा परिवारका अन्य सदस्यको सहयोगबाट हुर्काउनु पर्ने बाध्यता अचेल धेरैको देखिन्छ। हरेक आमाबाबुलाई आफ्ना बालबच्चा कसरी स्वस्थ, खुसी र अब्बल बनाउने चिन्ता हुनु स्वाभाविक हो। सृष्टिको अनुपम सिर्जना सन्तानको स्नेह, मायाममता, स्याहारसम्हार सायदै कुन प्राणीले गर्छ होेला। यद्यपि व्यस्त र आधुनिक जीवनशैलीले वृद्ध बाबुआमालाई समय छुट्ट्याउन नसकेको नेपाली समाजमा अहिले आएर बालबच्चाको हेरचाह, लालनपालन ठूलो बोझ बन्दै गइरहेको छ।

पोखराको सरकारी क्याम्पसमा प्राध्यापन गर्ने एक उपप्राध्यापक साथी गर्भवती अवस्थादेखि नै बच्चा जन्मेपछि कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा चिन्तित छिन्। पहिलो बच्चा जन्माउँदा प्रसूति स्याहार बिदा सकिएलगत्तै बच्चालाई कहिले काठमाडौंमा माइतीका साथ कहिले आफैंले च्याप्दै निकै कठिनाइ झेल्दै हुर्काएको सम्झन्छिन्। सानो बच्चा स्याहार र जागिरको व्यवस्थापन एकातिर चुनौती बनेको छ भने अर्कोतर्फ बच्चा आफूबाट टाढा छोड्दा आधा मन बच्चातिर आधा आफूसँग हुन्छ। जसले गर्दा विभिन्न खालका तनाव झेल्नुपर्ने उनी बताउँछिन्। कामकाजी महिलाका लागि न कार्यालयमा गुणस्तरीय शिशु स्याहार केन्द्रको व्यवस्थापन छ न त अन्य सुविधा उपलब्ध छन्।

आमाबाबुसँगै भएका बालबालिका पनि बाबुआमाको जागिर, घरायसी कामधन्दा, व्यवहारका अनेक झमेलाले गर्दा सन्तानसँग दूरी बढ्दै गइरहेको छ। जसको सिधा असर बालबच्चाको दिनानुदिन गर्ने क्रियाकलापमा सिधै देखिन्छ। हुर्किंदै जाँदा उनीहरूको रुचि अन्य उपलब्धिपूर्ण कामहरू गृहकार्य, संगीत, र अध्ययनमा दिने समय पनि घट्दै जान्छ।

स्वस्थ वृद्धि विकासका लागि सन्तुलित आहारको जरुरी भएजस्तै उचित हेरचाहको अभाव, निद्रा र अन्य वातावरण अमिल्दो हुँदा उनीहरू अस्वस्थ हुन थाल्छन्। सही अभिभावकत्वको अभावमा बालबालिका राम्ररी सोच्न, सुत्न, पढ्न र लेख्न पनि सक्दैनन्। यसो हुँदा उनीहरूको सामाजिकीकरणको प्रक्रियामा समेत भिन्न प्रभाव पर्छ। छिमेकमै केही स–साना बालबालिकाका आमाबुवा वैदेशिक रोजगारीमा रहेका कारण मामाघरमा बाजेबज्यैसँग हुर्किरहेका छन्। खुवाउँदा, खेलाउँदा, पढ्नलेख्न बस्दा हरबखत मोबाइल या टेलिभिजन उनीहरूका निमित्त जरुरी वस्तु बनेको छ। बाजेबज्यैलाई मोबाइल र टेलिभिजनमा धेरैबेर झुन्डिनु राम्रो होइन भन्ने थाहा छ। नातिनातिनाको माग पूरा गर्न उनीहरू बाध्य हुन्छन्। यस्ता प्रशस्त उदाहरण हाम्रो समाजमा देखिन्छन्।

लकडाउनमा बालबालिकाको शिक्षा प्रभावित भयो किनकि विद्यालयसम्म पुग्न सकेनन्। शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहे भनिए पनि कतिपय बालबालिकाका लागि भने लकडाउन आफ्ना आमाबाबुसँग गुणात्मक समय बिताउने अवसर बन्यो। आफन्त बहिनीको चारवर्षे छोरी स्कुल पठाउँदा हरेक १५÷१५ दिनको हाराहारीमा बिरामी पर्थिन्। तर, लकडाउनमा घरमा बस्दा खाना, पानी, समय सबै मिलेर होला सायद अस्वस्थ कम भइन्।

बालबालिकालाई ठूलाहरूको जमघट हुँदा छुट्टै राख्ने, आफ्नो कोठामा जाउँ, उतै बस भनी प्रायः ठूलाहरूसँग घुलमिल हुनबाट वञ्चित गराइन्छ। हुर्किंदै गरेका कलिला बालबालिका स्वभावैले उत्सुक हुन्छन्। भिन्दै राखिदिए पछि उनीहरूले ठूलाका कुरा कसरी थाहा पाउँछन् ? के सिक्छन् ? यसै पनि हामीकहाँ महिला र बालबालिकाले प्रश्न गरेको राम्रो मानिँदैन। बालबालिकासँग घुलमिल कम हुँदा उनीहरूको भाषागत र भावनात्मक विकासका लागि महŒवपूर्ण रहने परिवारसँग अन्तत्र्रिmयाको गुणस्तर र परिमाणमा कमी भई बालबालिका कम बोल्ने, एकान्तमा बस्न रुचाउने, प्रविधिसँग बढी झुन्डिइरहने गर्छन्।

घरमा छोराछोरीकै साथमा रहँदा बस्दा पनि स्क्रिनमा घण्टौं झुन्डिइरहने, बिदाको समयसमेत कार्यक्रम, साथीभाइ भन्दै कुदिरहने तर बच्चालाई घुमाउन, सिकाउन, कुराकानी गर्नसमेत नखोज्ने अभिभावक छन्। जसका कारण पनि बालबालिका दिनप्रतिदिन एक्लिँदै गइरहेका छन्। जीवनमा जतिसुकै सफलताको सिँढीमा उक्लिए पनि छोराछोरीका लागि समय छुट्ट्याउन सकिँदैन भने अभिभावक हुनुको दायित्व कसरी पूरा हुुन्छ र ? तैपनि अभिभावक स्वयं नै हामीले आज गरेको मेहनत, दुःख आफ्नो र सन्तानको भविष्यका लागि भन्न छुटाउँदैनन्।

प्रा. नोबलकिशोर राई भन्छन्, ‘हरेक बालकहरू कल्पनाशील हुन्छन्। अनेक कुराहरू मनमा खेलाई रहन्छन्। उनीहरूका मनमा असंख्य कौतुहल जाग्छन्। बालसुलभ मानसिकतामा रहेको सुन्दर सपना, कल्पना र अनेक प्रश्नहरूको प्रेमपूर्वक उत्तर दिँदै जाने हो भने कुनै पनि बालक, परिवार र स्कुल या राज्यविरुद्ध लडाकु वा विद्रोही हँुदैन।’ विकसित देशहरूमा बच्चाहरूको स्वस्थ र सन्तुलित आहार, स्याहारसुसारका लागि सरकारले सामाजिक सुरक्षा भत्ता छुट्ट्याएको हुन्छ। जसले गर्दा बाबुआमालाई बच्चाको हुर्काइमा आर्थिक साथै मानसिक सहयोग मिल्छ। हाम्रो देशमा पनि अब ज्येष्ठ नागरिकलाई मात्र वृद्धभत्ता होइन, बालबालिकाका लागि बालभत्ता, बाल सुरक्षा कोषकोे समेत व्यवस्था गर्नेतर्फ सोच्ने कि ?

यसै पनि शैशवकाल अव्यक्त र मस्तिष्कको विकास हुने समय पनि होे। जुन समयमा बालबालिकाका पीडा र समस्याहरूलाई बुझ्न सके र भ्याएसम्म समय दिऊँ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.