रसुवागढी नाकाबाट साउनमा ५० टन चिनियाँ खाद्य सामग्री आयात, भदौमा ठप्प

रसुवागढी नाकाबाट साउनमा ५० टन चिनियाँ खाद्य सामग्री आयात, भदौमा ठप्प

काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गएको साउन महिनामा करिब ५० टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। तर भदौ लागेसँगै आयात ठप्प भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोना देखिएपछि रसुवागढी र तातोपानी दुवै नाका बन्द भएका छन्। 

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ४९.३ मेट्रिक टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको छ। साउनमा नाकाबाट सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्री आएको छ। 

फूल तथा सागपातजन्य २०.४ टन, खाद्यान्न दलहन तथा अन्य ३.७ टन, मसलाजन्य ०.४, माछामासुुजन्य ३.४, चिया तथा कफीजन्य ०.४ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २१ टन खाद्य सामग्री आयात भएको कार्यालयले जनाएको छ। 

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ। 

नाकाबाट पछिल्लो समय चिनियाँ खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन। 

कार्यालयले साउनमा ४० वटा नमुना परीक्षण गरेको छ। गत वर्षको साउनमा ३१ वटा मात्र नमुना परीक्षण गरिएको थियो। कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन र २०७८/७९ मा ३९१.०६ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.