डोटी कांग्रेसबाट प्रदेश सभा सदस्यमा आकांक्षा देखाउने सबै नयाँ अनुहार

डोटी कांग्रेसबाट प्रदेश सभा सदस्यमा आकांक्षा देखाउने सबै नयाँ अनुहार

डोटी : आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस डोटीबाट नयाँ अनुहारले मात्र उम्मेदवार हुने आकांक्षा राखेका छन्। नेपाली कांग्रेसले जारी गरेको सूचनामा प्रदेश क्षेत्रीय समितिको कार्यालयमा ठूलो संख्यामा आधिकारिक रुपमा नाम दर्ता गराएका छन् ।

प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १६ गरी २३ जना रहेका छन् भने प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ११ गरी २० जनाले आकांक्षा देखाएका छन् । प्रदेश सभाको निर्वाचनका लागि यी सबै अनुहार नयाँ हुन् । पहिलो चुनावमा लडेका नेताहरु आकांक्षी देखिएका छैनन् ।

प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ पार्टी सभापति नरेन्द्र बहादुर सिंह, महाधिबेशन प्रतिनिधि जीतबहादुर खड्का, प्रदेश सदस्य भक्तराज जोशी, पूर्व नगरप्रमुख घनश्यामदत्त पाठक, तरुण दलका पूर्व केन्द्रीय सदस्य रामबहादुर रोकाया, अर्जुनबहादुर खड्का, नन्दसिंह धामीले नाम दर्ता गराएका छन् । 

०७४ को निर्वाचनमा प्रदेश सभा ‘क’बाट निर्वाचित भरतबहादुर खड्काले भने आकांक्षा देखाएका छैनन् ।

प्रदेश सभा ‘क’मा समानुपातिकतर्फ प्रेमा श्रेष्ठ, रबिन्द्र बागचन, श्याम खड्का, कुमार सिं टेलर, प्रेमबहादुर बलायर, धौली देवी रावल, शेर बहादुर बोगटी, पार्वती चन्द, कमला देवी बोहरा, पूर्णबहादुर कठायत, मिना विक, माया देवी कुँवर, दुर्गा देवी शर्मा, चेतराज उपाध्याय, विरेन्द्र शाह र प्रसिश महराले नाम दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ निवर्तमान जिल्ला सभापति प्रदिप कुमार देउवा, १४ औं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार भूमीराज बडु, शिखर नगरपालिकाका निवर्तमान नगरप्रमुख सिताराम जोशी, पार्टीका जिल्ला सचिव नारायण बलायर, केआईसिंह गाउँपालिका पार्टी सभापति अर्जुन बलायर, पुर्व महाधिवेशन प्रतिनिधि लक्ष्मीराज पाठक, पदमराज जोशी, भक्तबहादुर मल्ल र सर्वजित रावलले आकांक्षा देखाउँदै पार्टीमा नाम टिपाएका छन् । यस अघि प्रदेश सभासदस्यका लागि ‘ख’ बाट निर्वाचनमा लडेका योगेन्द्र बहादुर शाही भने चाहना राखेका छैनन् ।

त्यस्तै प्रदेश ‘ख’मा समानुपातिकतर्फ कृष्ण बहादुर चन्द, दिर्घ बहादुर बम ‘रघुराजा’, दिपकबहादुर शाही, तेज बहादुर लुहार, प्रतिमा शाह शाही, भावना बम ओझा, रामचन्द्र राणा, लाल बहादुर विक, लिलाधर जोशी, सोपान सिं बोहरा र इन्द्रा बोहरा रहेका छन् ।

आकांक्षी सबैलाई भदौ १८ गते बोलाएर छलफल गर्ने र सहमतिमै उम्मेदवारको नाम टुङ्गो लगाइने कांग्रेस पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए । सिंहले भने, ‘सकिन्छ भने सहमतिमै उम्मेदवारको टुङ्गो लगाउँछौं सहमति भएन भने पार्टीको विधान अनुरुप थोरै संख्यामा नाम माथि पठाउँछौं ।’

त्यसैगरी प्रतिनिधि सभा सदस्यको लागि आकांक्षा राख्नेको नाम १६ गते लिइने डोटी कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.