बजार अनुगमन: व्यवसायी दर्ता, नविकरण, मुल्य सूची भेटिएन
बाजुरा : बुढीगंगा नगरपालिकाअन्तरगत साफे मार्तडी सकड खण्डमा पर्ने मुख्य बजारको अनुगमन गरिएको छ । बुढीगंगा नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिको आयोजना जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताए ।
साफे मार्तडी सडक अन्र्तगत मुख्य बजारहरु रिठा बजार, बेलामांडौं , बाम्का , फालासेन र ताँप्रीसेरा लगायतका बजारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य वस्तु घर निर्माण गर्दा प्रयोग हुने पेन्ट गैर कानुनीरुपमा बिक्री वितरण गर्दै भेटिएको छ।
सोही क्रममा अवैध घरेलु मदिरालगायत ४६ हजार ५ सय ५० रुपैयाँ बढीका सामान फेला पारेर नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।
बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुवरका अनुसार साफे मार्तडी सडक अन्र्तगत बजारका विभिन्न किराना पसल, मदिरा पसल हाडवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको हो।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको कुवरले बताइन् । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले बताइन् ।
बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का कुवरको संयोजनमा बजार अनुमगन गरिएको हो।
अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको अनुगमन टोलीका संयोजक तथा नगर उपप्रमुख माया खड्का कुवरले बताइन् ।
सबै व्यवसायीहरुलाई यो महिनाभित्र नगरपालिकामा आएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको कुवरले बताइन् ।
सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने बताइन्।