नाका नखुल्दा निर्माण सामग्री चीनमै रोकिए, आयोजनाको काम प्रभावित

नाका नखुल्दा निर्माण सामग्री चीनमै रोकिए, आयोजनाको काम प्रभावित

काठमाडौं : सामग्री आयात गर्न नपाउँदा रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ। 

आयोजनाले चीनबाट निर्माण सामग्री आयात गर्दै आएको छ। तर अहिले चीन तर्फका रसुवागढी र तातोपानी दुवै नाका बन्द हुँदा सामग्री आयात ठप्प छ। 

आयोजना प्रमुख सुदनसिंह महतका अनुसार आयोजनाको निर्माण सामग्री चीनस्थित कम्पनी, केरुङ र ल्हासामा रोकिएको छ। 

'सामग्री आयात नहुँदा आयोजनाको काम सुस्त गतिमा सञ्चालन भइरहेको छ,' उनले भने, 'उपकरण नहुँदा कामदारले काम नियमित गर्न पाएका छैनन्।' 

नियमित काम भएको खण्डमा तीन महिनामा काम सकिने उनको भनाइ छ। 'नियमित काम हुन पाए त तीन महिनाको मात्र काम बाँकी छ', उनले भने, 'सामग्री आयात कहिलेबाट हुन्छ भन्ने समस्या भयो।' 

उनका अनुसार कोरोना सुरु भएपछि काम नियमित हुन पाएको छैन। अहिले आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडानको काम भइरहेको छ। यसका लागि १५ जना चिनियाँले काम गरिरहेका छन्।

तर सामग्री आयात हुन नसक्दा उनीहरूले कामलाई गति दिन पाएका छैनन्। आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको ९९ प्रतिशत भौतिक प्रगति भएको छ। इलेक्टोमेकानिकलतर्फ उपकरण जडानको काम भइरहेको छ। यसको पनि ८० प्रतिशत काम सकिएको छ। 

उपकरण जडानको काम चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनले गरिरहेको छ। १४.८ मेगावट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ८० र हाइड्रोमेकानिकलतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ। 

आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ। 

आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेको छ। 

सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ। 

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको आयोजनाले जनाएको छ। 

२०७२ सालमा गएको भूकम्प र विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुगेको हो। कोरोनाको कारण कामदार तथा उपकरण नआएपछि करिब २ वर्ष काम इलेक्ट्रोमेकानिकलको काम अवरुद्ध भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.