कन्टेनर दुर्घटनामा चालकको मृत्यु

कन्टेनर दुर्घटनामा चालकको मृत्यु

नुवाकोट : रसुवागढीबाट सामान बोकेर काठमाडौं जाँदै गरेको कन्टेनर कालिकाको कच्ची सडकमा दुर्घटना भएको छ । दुर्घटनामा सोही कन्टेनरमा मालिकसमेत रहेका चालकको ज्यान गएको छ । 

 बिहीबार ना३ख १९१ नं. को मालबाहक कन्टेनर दुर्घटना हुँदा दोलखाको गौरिशंकर ५ का २३ वर्षीय चालक विश्वनाथ भुजेलको मृत्यु भएको रसुवाका प्रहरी प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
पहिरोका कारण पासाङल्हामु मार्ग अन्तरगत वनुवाघुम्ती–कालिकास्थान सडकमार्ग अवरुद्ध भएपछि बैकल्पिक मार्ग धारापानी–जिरोकिलो सडकबाट गएको ट्रक चौकीपारवा भन्ने स्थानको कच्ची सडकबाट एकसय मिटर तल भीरमा खसेर थियो।

दुर्घटनामा भुजेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो । त्रिशूली अस्पतालमा उनको प्रारम्भिक उपचार गरी थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो। सोही अस्पतालमामा उपचारका क्रममा बिहीबार बेलुकी चालक भुजेलको ज्यान गएको डिएसपि चन्दले बताए । 

ट्रक रसुवागढीस्थित भन्सारबाट तयारी पोशाक लिएर काठमाडौं जाँदै थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.