गठबन्धनले सिधा आँखाले एमालेलाई हेर्न सकेको छैनः अध्यक्ष बराल

गठबन्धनले सिधा आँखाले एमालेलाई हेर्न सकेको छैनः अध्यक्ष बराल

नुवाकोट : अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले देशको पहिलो दल नेकपा एमालेविरुद्ध सत्तारूढ दलहरूले सत्ताकै लागि घेराबन्दी गर्न खोजेको बताइन्। 

उनले एमालेको विकल्प कुनै पनि दल नरहेका कारण एमालेप्रतिको जनलहर देखेर सत्ताकै लागि अन्य दलले अपवित्र गठबन्धन गरेकोसमेत बताइन्। 
    

नुवाकोटको विदुरमा शनिबार अनेरास्ववियु नुवाकोटको १७ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बरालले सत्ताकै लागि मात्र वनेको अपवित्र गठबन्धनले एमालेलाई सिधा आँखाले हेर्नसमेत नसकिरहेको दावी गरिन्। 

उनले मंसिर ४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले पनि रोक्न नसक्नेसमेत ठहर गरिन्। 
    
अध्यक्ष बरालले देश विकास र परिवर्तन गर्ने दल एमाले भएको कारण एमालेका सकारात्मक कार्यप्रति विक्षिप्त भएर अन्य दलहरूले एउटै उद्देश्य सत्तामा जानकै लागि मात्र अपवित्र गठबन्धन गरेको आरोप लगाइन्। 

उनले जस्तोसुकै गठबन्धन आएपनि एमालेप्रति जनताको विस्वास नघटेको बताइन्। उनले अबको प्रदेश र संघीय निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गरिन्। 

सत्तामा रहेका दलको गठबन्धनको सत्ता स्वार्थलाई आम जनताले बुझिसकेका कारण अब वैशाख ३० को स्थानीय तहको निर्वाचनमा जस्तो जनता नझुक्किनेसमेत बताइन्। 
    
जनताको बिस्वासका कारण एमालेले अबको निर्वाचनमा बहुमत ल्याउने र अनेरास्ववियुले यसमा साथ दिने बताइन्। 

उनले एमालेलाई अनेरास्ववियुको साथ र जनताको साथ एमालेलाई रहेका कारण एमाले एक दलविरुद्ध बनेको गठबन्धनको कुनै अर्थ नरहने बताइन्। 
    
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, केन्द्रीय सदस्य उषाकिरण तिम्सिना, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा, एमाले जिल्ला अध्यक्ष तथा बागमतीका पूर्व राज्यमन्त्री बद्री मैनाली, अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णुहरि रिमाल सत्यलगायतले अबको निर्वाचनमा एमालेलाई विजयी बनाउन विद्यार्थी, युवा, किसान, मजदुर, कर्मचारी सबै क्षेत्रको साथ रहेको वताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.