आमाले भरिएका वृद्धाश्रम

आमाले भरिएका वृद्धाश्रम

कोरोना महाव्याधिका कारण लकडाउन अघि काठमाडौंलगायत देशका विभिन्न वृद्धाश्रममा जाने अवसर मिलेको थियो। वृद्धाश्रमका आमाहरूलाई सरसफाइ प्रवद्र्धनमा सहयोग गर्ने र कोरोना महामारीबाट उनीहरूलाई जोगाउने उद्देश्यले वृद्धाश्रमको भ्रमण गरेका थियौं। केही सामाजिक संस्थाका व्यक्तिहरूसहित काठमाडौंका पाँच, सात वटा आ श्रममा पुग्यौं। हरेक आ श्रममा आमाहरूको संख्या धेरै देखिन्थ्यो। स्वास्थ्य सरसफाइ र त्यससम्बन्धी केही ‘डेमो’ प्रदर्शन गर्दै जाँदा आमाहरूले मलाई चाखपूर्वक हेर्नुहुन्थ्यो। गहभरि आँसु पार्दै एकजना आमाले भन्नुभयो, ‘नानी, तिमी पनि भोलि बुहारी हुन्छौं। आमा हुन्छौं। त्यसपछि सासू हुन्छौं। 
तर हामीले जस्तो सास्ती भोग्नु नपरोस् है।’ यसरी वृद्धाश्रममा आएर बस्नु नपरोस् भनेर ती आमाले भन्दै गर्दा मनमा अलिकति डर लाग्यो। ए हो त, नारीले जति नै धेरै साहसका साथ काम गर्ने आँट गरे पनि, के अन्तिम विकल्प वृद्धाश्रम नै हो त ? छोरी जन्मिन्छिन्, हुर्की बढछन्। दुःख गर्छिन्। अन्तिममा अर्काको घर जान बाध्य नै हुन्छन्। उसले जति नै पढे, लेखे, सीप सिके पनि आर्थिक आयआर्जन गरे पनि, बिहे नै उनको अन्तिम विकल्प हो त ? बिहे गर्दा पनि अर्को ठाउँ जानै पर्ने हो त ? आफ्नो दुःखसुख गरेर जोडेको शिक्षा, सीप, संस्कार, आफन्तको माया बिर्सिएर अर्काको घरमा जानै पर्ने हो त ? छोरीले आप्mनो जन्मघर छोडेर, सारा चिज त्यागेर अर्कोको घरमा गएर घरका सारा काम कर्तव्य, साहस बटुलेर अघि बढ्दा पनि किन त्यो नारीलाई डरपोक, काँतर, केही गर्न नसक्ने नै भन्ने गरिन्छ। नारीले जसरी अर्काको परिवारलाई रिझाएर घर सम्हालेर, सँगै आर्थिक आयआर्जन गरेर धान्ने कुरा कुन पुरुषले गर्न सकेका छन् ? र पनि दुनियाँका अगाडि महिलालाई ‘के नै गरेकी छस् र’ भन्ने प्रश्नको सामना धेरै नारीहरूले गर्दै आएका छन्।

समान हक अधिकार खोज्दा महिला पुरुषको तुलनामा निर्बलियो बनाइन्छन्। पुरुषले गर्ने हरेक काम महिलाले पनि सँगसँगै गरेकै छन्। डोजर चलाउने, प्लेन उडाउने, गाडी चलाउने, हलो जोत्नेलगायत अन्य सीपमूलक काम गरेरै अगाडि बढेका उदाहरण प्रशस्तै छन्। र पनि अझै पुरुषको अगाडि महिला कमजोरी नै रहेको देख्न सकिन्छ। त्यसको मुख्य उदाहरण हो। काठमाडौंलगायत अन्य स्थानमा रहेका वृद्धाश्रमले देखाइरहेका छन्। वृद्धाश्रम भनेको आफ्नो छोराछोरीबाट अपहेलित भएर आ श्रम बस्ने स्थान हो। घरमा बुवा अट्ने तर आमा नअटाउने भन्ने परिस्थिति कसरी निर्माण गरिन्छ ?

नारी आमा बन्छिन्। आमा बन्न हजारौं कष्ट हुन्छन्। तर त्यही आमालाई वृद्धाश्रममा राख्ने कस्तो नियत हो ? छोरा जन्मिनेबित्तिकै आमाले आफू रोगी भई आफूले कष्ट व्यहोरेर पनि बचाएकी हुन्छिन्। आफू भोकै हुँदा पनि सन्तानले नखाइकन खान सक्दिनन्। छोरालाई कसैले नमीठो शब्दले गाली गर्दा सहन सक्दिनन्। छोराको गालीको भार पनि आफैं लिन अघि सर्छिन्। तिनै आमा नै वृद्धा भएपछि घरमा अटदनन्। ती बाबु जो पुरुष भएकै कारण सानसँग घरमा बस्न सक्छन्। एउटी नारी जो सबैभन्दा ठूलो प्रसव वेदना सहेर जन्माएका आफ्नै सन्तानबाट सडकमा फ्याकिनु, साँच्चै नै दयालाग्दो अवस्था हो। वृद्धाश्रमकी आमा जो, जवानी हँुदा घरका हरेक सदस्यको हेरचाह गरिन्। ती आमा घर बाहिर निस्किँदा पनि घरका सम्पूर्ण काम सँगसँगै हिँडेको भान हुन्छ। तर तिनै आमा अशक्त वा पाको हुँदै गएपछि त्यही घरले समेत घरबाट निकाल्छ। खै कहाँ छ र ? आमाको बाँच्ने आधार ? र पनि आमाले सहेकै हुन्छिन्।

एउटी नारीको बाल्यकालदेखिको नियत सम्झन्छु। गर्भवती भएका बेला काम गर्न नसके कस्ती अल्छी रहिछ भनेर अपजश पाउँछिन्। त्यसबेलै ‘यसले त छोरी पाउँछे कि क्या हो’ भनेर हेप्न सुरु हुन्छ। छोरी जन्माइन् भने वंश नासियो, छोरा चाहिन्छ भन्ने गरिन्छ। छोरा जन्माएर पनि के गर्नु ? अन्तिम बाटो त आमाका लागि उही वृद्धाश्रम त हो नि। वृद्धाश्रम पनि कसैले नखोली दिएको हुन्थ्यो भने यी आमाहरूको बास कहाँ हुन्थ्यो होला ? ती वृद्धा आमाको अन्तिम रोजाइ मृत्यु नै हुन्थ्यो त ? प्रत्येक घरमा काम गर्न सक्ने हुन्जेल, घर कतिपय प्यारो नै हुन्छ जब समय बित्दै जादा शरीरले काम र श्रम गर्न नसक्ने भएपछि ऊ वृद्धाश्रम पुग्छिन्। तर त्यही बा उही घरमा अट्छन्। कसैले संसारको हरेक वस्तु तुलना गर्दा कतिपय छोराले आमा नै देख्छ, चाउरी परून् वा नराम्री हुन संसारको सुन्दर चिज आमा नै देख्छ। संसारका हरेक दुःख कष्ट, सहेर आफ्ना सन्तानका भलाइको लागि हिँडिरहेकी हुन्छिन्।

ठूलो बनाउँछिन् तर स्वर्ग जस्तो बनाएको घर वृद्धाश्रम जाँदा कति मन दुख्दो हो ? पछिल्लो समय सरकारले वृद्धभत्ता बढाएसम्म केही हदसम्म अब वृद्धाश्रम जान पर्देन कि। हरेक मान्छेले कसैको हेरचाह गर्न आर्थिक कुरा नै अगाडि चाहिने हुँदा भत्ताको लोभले पनि अबका आमा वृद्धाश्रम जाने मौका पाउँदैन कि ? कठै ! ती वृद्धा आमा यदि जोकोहीले वृद्धाश्रम न खोलिदिएको भए कहाँ जान्थे होलान् आमाहरू? ? केही समयअघि समाजसेवी दिलशोभाको ‘आमाघर’ पुग्ने मौका पाएकी थिएँ। त्यहाँको अवस्था देख्दा मन भक्कानिएर आयो। आफू केही काम गर्न सक्ने, आफ्नो हेरचाह गर्न सक्ने त सक्छन्। दुई जना वृद्धा हुनुहुन्छ जो आफ्नो शरीर सम्हाल्न नसक्ने त्यो अवस्था ज्यादै नै दयनीय थियो। ओछ्यानमा नै दिसापिसाब हुने, त्यो हेरचाह गर्न साँच्चै नै असहज थियो। कस्ले गर्ने। कठै ती वृद्धा आमा। एक दिन होइन दुई दिन होइन, सधैं ती आमाको सेवा गर्ने वास्तवमै महान् आमाभन्दा पनि माथिको भगवान् हुन्। जस्ले सधैं सेवा गरी रहनुभयो। जस्लाई राज्यले समेत देखेन। कतिपय ती नै वृद्धाश्रमको आमाहरू समाजको बोझ नबनून्। ती आमाहरूलाई पनि राज्यले देख्ने आँखा खुलोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.