मोरङ-६ मा ढकालसहित ११ जना सिफारिस
विराटनगर : नेकपा एकीकृत समाजवादीले मोरङको क्षेत्र नम्बर ६ (ख) बाट युवा समाजसेवी एमवं उद्योगी दिपक ढकालको नाम सिफारिस गरेको छ।
लामो समयदेखि धार्मिक पर्यटन भित्र्याउन लागेका ढकाललाई युवाहरूको आग्रहमा प्रदेश सभामा सिफारिस गरिएको हो।
मुलुकलाई धर्म निरपेक्ष घोषणा भएपछि विराटनगरको सिघियामा परोपार घाट निर्माणसँगै एक हजार ८ हिन्दु देवी देवताको मूर्ति बनाएर उनी चर्चामा आएका थिए।
धार्मिक स्वभावका ढकाल लामो समयदेखि विराटनगर र आसपासको क्षेत्रमा समाजसेवीको रूपमा ख्याती कमाएका छन्।
कोरोनाको दैनिक रूपमा बढ्दै गएको समयमा संक्रमितको घरघरमा गएर निर्मलीकरण गरेका थिए। उनीसँगै प्रदेशसभामा मोरङ क्षेत्र नबर ६ (ख)का लागि ११ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको छ।
क्षेत्रीय कमिटी कमान्ड मणि दाहालका अनुसार ओसिम आलम, गोमा चौधरी, पारुल क्षेत्री, दीपक ढकाल, राम प्रसाद साहा, सिता पौडेल, रविना खातुन, नौसाद प्रबेज, सजु शाह एलिज गुरुङ र रमन गौतमको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको हो।
प्रतिक्रिया दिनुहोस !