नुवाकोट एमालेले गर्‍यो उम्मेदवार सिफारिस

नुवाकोट एमालेले गर्‍यो उम्मेदवार सिफारिस

नुवाकोट : आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दलहरूले उम्मेदवार सिफारिस कार्यलाई तीव्रता दिएका छन्। नेकपा एमालेले कतिपय क्षेत्रमा सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। 

नेकपा एमाले क्षेत्र नं. १ को आइतबार छहरेमा बसेको प्रदेश कमिटीको पूर्ण बैठकले पार्टी जिल्ला अध्यक्ष वद्री मैनालीलाई सर्वसम्मत रूपमा प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। 

सो क्षेत्रमा एमालेले समानुपातिकमा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना र गोकर्णराज पाठकलगायतलाई सिफारिस गरेको छ। 

१ को प्रदेश 'ख' का लागि पूर्णलाल श्रेष्ठलाई सर्वसम्मत रूपमा सिफारिस गरेको प्रदेश 'ख' कमिटीले जनाएको छ। नेकपा एमाले नुवाकोट क्षेत्र नं. २ समन्वय कमिटीले पनि प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। 

नुवाकोट २ मा प्रतिनिधि सभाका लागि एमालेले प्रत्यक्षमा पाँच जना र समानुपातिकमा चार जनाको नाम सिफारिस गरेको हो। 

प्रतिनिधि सभामा वर्तमान सांसद नारायणप्रसाद खतिवडासहित प्रदेश सांसद केशवराज पाण्डे, रामशरण प्याकुरेल, विष्णु लोहनी र माधवप्रसाद तिवारीको नाम सिफारिस गरिएको क्षेत्रीय समन्वय कमिटीका सचिव शिवकुमार चित्रकारले जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ भने पूर्व मन्त्री तथा राजदूतसमेत रहेका महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्ती सिफारिसमा परेका छन्। प्रदेश तथा अन्य उम्मेदवारहरू सिफारिस गर्ने क्रम जारी रहेको छ। 

निर्वाचन परिचालन कमिटी चयन

निर्वाचनको तयारीमा नेकपा एमाले नुवाकोट क्रियाशील भएको छ। विदुरमा एमाले जिल्ला कमिटीको पूर्ण बैठकले निर्वाचनमा परिचालन हुनेहरू तय गरेको छ। 

बैठकले नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा प्रदेश सभा सदस्य, पूर्व बागमती कृषि राज्यमन्त्री बद्री मैनालीको संयोजकत्वमा दुई हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी चयन गरेको छ। 

कमिटीले क्रियाशील भएर विविध कार्यक्रम गरी आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने प्रतिवद्धता जनाएको छ। 

सोही बैठकले सिफारिसमा परेका उम्मेदवारहरूको छलफल गरी रायसहित प्रदेश कमिटीमा पठाउने निर्णयसमेत गरेको छ। 

सोही अवसरमा नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा पूर्वमन्त्री केशवराज पाण्डे, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, प्रतिनिधि सभा सदस्य  नारायणप्रसाद खतिवडालगायतले एमालेको जनलहर देखेर अन्य सत्तारूढ दलहरूले चुनावी गठबन्धन गरेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.