राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ :  प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ :  प्रचण्ड

पोखराः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरे विषय अदालत पुग्ने बताएका छन् । आफूले केही दिनअघि राष्ट्रपति भेट्दा यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा देखेको दाहालले सुनाए ।

‘मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेटेर कुरा गर्दा उहाँचाहिँ यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने मुडमा देख्याथे मैले,'उनले भने, ‘त्यसकारण प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । त्यसो भयो भने एउटा कुरा, अदालतमा जान्छ मुद्दा । दोस्रो, उहाँले राजीनामा दिने ।’ 

आफूले राष्ट्रपतिलाई दोस्रोपटक पनि प्रमाणीकरण नगरे या राजीनामा दिनुपर्ने स्थिति आउने या यो विषय अदालत जाने बताएको पनि दाहालले सुनाए ।  

प्रेस सेन्टर कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास भने व्यक्त गरे । उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ ।’

अध्यक्ष दाहालले वैवाहिक अंगिकृतलाई थाँती राखेर जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाऊन‍् भनेर विधेयक ल्याइएको प्रष्ट गरे । वैवाहिक अंगिकृतलाई भारतमा जस्तै नेपालमा पनि समान प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको उनको भनाइ थियो । 

‘अर्को पनि ठूलै प्रचार गरियो, कुनै-कुनै साइनो नभएको, म भारतबाट आएपछि नागरिकता विधेयक बढाएको भन्ने,' उनले भने । सत्ता गठबन्धनका दलहरुबीच भावी प्रधानमन्त्री को हुने भन्नेबारे कुनै कुरा नभएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.