ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु

ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु

ओखलढुंगा : ओखलढुंगा सदरमुकाममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका युवाको मृत्यु भएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका-८ माझखर्कका २६ वर्षीय फुरी शेर्पाको उपचारका लागि काठमाण्डौं लाने क्रममा बाटोमा मृत्यु भएको हो। 

सिद्धिचरण नगरपालिका-११ स्थित रमाइलोडाँडामा साइड लगाउने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई काठमाडौं पठाइएको थियो। उनको बाटैमा मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ। 

घटना हुनासाथ घाइतेलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको थियो। अस्पतालबाट बाहिर रेफर गरेपछि काठमाडौं पठाइएको हो। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार ट्रक चालक सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.