गाउँका शिक्षकलाई ल्यापटप

गाउँका शिक्षकलाई ल्यापटप

नुवाकोट : आधुनिक शिक्षामा जोड दिँदै नुवाकोटको पूर्वी भेगमा रहेको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ। 

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि बिहीबार विभिन्न विषय अध्यापन गराइरहेका कालिका मावि शिवपुरीका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो। 

विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको सो विद्यालयका १७ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो। 

विद्यालयमा आयोजित कार्यक्रममा शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरे।

उनले प्रविधिको प्रयोगले आधुनिक शिक्षा प्रदान गर्न शिक्षक तथा विद्यार्थीहरूलाई सरल हुनुका साथै शिक्षक तथा विद्यार्थीको क्षमता तथा सिकाइमा प्रभावकारीता आउनेसमेत बताए। 

शिवपुरीमा रहेको सामुदायिक विद्यालयमा एक शिक्षक एक ल्यापटप कार्यक्रम सन्चालन गरिएको हो। 

ल्यापटप हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाङ लामा, प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठ, गापा उपाध्यक्ष वीरवहादुर तामाङलगायतले आधुनिक प्रविधिले पठनपाठन तथा अन्य कार्य गर्न शिक्षकहरूलाई सुविधा पुगेको वताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.