लीद्वारा नेपालको चीन नीतिको प्रशंसा

लीद्वारा नेपालको चीन नीतिको प्रशंसा

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समिति अध्यक्ष ली चान्सुले नेपालको चीन नीतिको प्रशंसा गरेका छन्। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा एक चीनलाई लिएर नेपालले पहिलेदेखि लिएको नीतिलाई लिएर ‘खुसी’ व्यक्त गरेका हुन्। त्यस क्रममा उनले चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताए। चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिबद्धता देउवाले जनाए। उनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे। नेपाल–चीन द्वीपक्षीय सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने उनको भनाइ थियो। चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवासँगको भेटका लागि सिंहदरबार पुगेको थियो। लीले मंगलबार नै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गरे। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग लीको भेट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको थियो। ओलीले नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेको बताए। ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेका छौं। यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका छौं’, ओलीले भनेका थिए।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले आगामी अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना पनि दिए। लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान–प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कायम गर्ने बताएका थिए। उनले आउँदो आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि शुभकामना दिए।

माओवादी केन्द्र अध्यक्ष एवं अर्का पूर्वप्रधानमन्त्री दाहाल र लीबीच संघीय संसद् भवनमै भेटवार्ता चलेको थियो। त्यस क्रममा दुईपक्षीय हित र समसामयिक विषयमा छलफल भएको दाहालको सचिवालयले बताएको छ। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चिनियाँ प्रतिनिधिमण्डलबीच दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशबीच भएका सरसहयोग र घनिष्ट सम्बन्धको चर्चा भएको संघीय संसद् सचिवालयले जनाएको छ। सहयोग आदनप्रदान गर्ने क्रममा निरन्तर अघि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त भएको जनाइएको छ।

सघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान भएको भेटवार्तामा आपसी हितका अन्य विविध विषयमा छलफल भएको संसद् सचिवालयले जनाइएको छ। लीले सोमबार सभामुख अग्नि सापकोटासँग भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.