‘सायरा’को घोषणा

‘सायरा’को घोषणा

काठमाडौं : नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा नेपाली चलचित्र ‘सायरा’ बन्ने भएको छ। मंगलबार आयोजित एक कार्यक्रमबीच चलचित्र घोषणा गरिएको हो। ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली ब्यानर डीबीआर मिडिया एन्ड मुभिज प्राली र आईविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ। 

भिलेज ब्वाय प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली चलचित्र बनाउन पाउँदा खुसी लागेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटीमा पनि रिलिज गर्ने छौं’, पुस्करले भने। 

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। ‘मलाई निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु। हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौं’, उनले भने। फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएका पुस्कर र विशाललाई धन्यवाद दिए। 

‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा ढुक्क छु। हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौं’, उनले भने, ‘हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौं।’

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारको अभिनय रहने छ। फिल्मको अन्य कलाकार तथा प्राविधिकका बारेमा छिट्टै जानकारी दिने प्रस्तुतकर्ता रघुले बताए। फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए। ‘फिल्म कसरी बन्छ र कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रस्ट छ। त्यसैले पनि काम गर्न उत्साहित छु’, आर्यनले भने। 

डान्सिङ रियालिटी शोमार्फत चिनिएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्। ‘म राम्रो डेब्युको खोजिमा थिएँ। भनेझैं टिम पाउँदा डेब्यु गर्दैछु। भूमिका पनि सुहाउँदो छ’, कविताले भनिन्। दसैं तिहारका बीचमा छायांकन हुने ‘सायरा’को ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने छ। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ। यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन्। यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो। उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.