म्यादीमा पूर्व सुरक्षाकर्मीहरूको पनि आवेदन

म्यादीमा पूर्व सुरक्षाकर्मीहरूको पनि आवेदन

नुवाकोट : नुवाकोटमा म्यादी प्रहरी बन्नका लागि आवेदन दिनेको भीड लागेको छ। 

दुई दिनमा नौसय ८० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। उनका अनुसार आवेदन दिनेमा पूर्व प्रहरी, पूर्व सेना, पूर्व सशस्त्र प्रहरी तथा पूर्व म्यादीहरू उल्लेख्य रहेका छन्। 

नेपाल प्रहरीले मंसिर ४ गतेको निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएसँगै नुवाकोटमा आवेदनका लागि आउने निरन्तर बढिरहेका छन्। 

बेरोजगारी लगायतका कारणले म्यादीमा आउनेहरू बढिरहेका जनाइएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटमा एक हजार तीन सय ३७ जना प्रहरी खटाइएको थियो। 

यस निर्वाचनका लागि नुवाकोटमा एक हजार पाँच सय जना म्यादी प्रहरी आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ। 
सक्षम नेपाली नागरिकले म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने छन्। 

दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्ने प्रावधान रहेको छ। 

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएको हुनुपर्ने नीति रहेको छ।  

जिल्लामा दुई प्रतिनिधि सभा र चार वटा प्रदेश सभा क्षेत्र रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.