‘ऐना झ्यालको पुतली’ फिल्म सारा नेपालीले हेर्नुपर्छ’

‘ऐना झ्यालको पुतली’ फिल्म सारा नेपालीले हेर्नुपर्छ’

काठमाडौं : सभामुख अग्नि सापकोटाले ‘ऐना झ्यालको पुतली’ हेर्दै फिल्म अत्यन्त राम्रो बनेको र यसलाई गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताएका छन्। सुन्धारास्थित सिने दी सेफमा परिवारसहित फिल्म हेरेका सापकोटाले एक घन्टा ३६ मिनेटको फिल्म पत्तै नपाई सकिएको बताए।

‘फिल्म सकिएको पत्तै भएन। म १५ वर्ष पढाएको शिक्षक हुँ। गाउँको मान्छे पनि हुँ। योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ। यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ। एकदमै मिलेको फिल्म छ’, सापकोटाले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै भने। 

उनले ५ वर्षअघि ‘कान्छी’ हेरेको स्मरण गर्दै फिल्म आफ्नो जीवनसँग दुरुस्त मेल नखाए पनि गाउँका धेरै दृष्टान्त मिल्ने भएकाले आफैले भोगेको कथा हेरेजस्ता महसुस भएको बताए। ‘मेरो घरमा बहिनी थिएनन्। दिदी थिए। तर, उनीहरूले पढ्न पाएनन्। हामीले मात्र पढ्न पायौं। त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन तर, यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो। खासगरी मलाई दिदीभाइको प्रेम र संघर्षको कुरा असाध्यै राम्रो लाग्यो’, उनले भने। 

सभामुख सापकोटाले कथा र शिल्प दुवैको हिसाबले ‘ऐना झ्यालको पुतली’ राम्रो सिनेमा बनेको बताउँदै यो सबैले हेर्नुपर्ने फिल्म बनेको बताए। भदौ २४ मा सार्वजनिक भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलेभन्दा सो र दर्शक बढी पाइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.