म मान्छे बन्छु !
मेरो छोरोको स्कुले सुरुवाती दिनमा मैले एकदिन उसलाई सोधेँ, “बाबु तिमी ठूलो भएर के बन्छौं ? उसले फ्याट्ट भन्यो– पाइलट।’ उ बेला हाम्रो घर विराटनगरको एयरपोर्ट छेउमा थियो। छोटोछोटो समयको फरकमा घरको छत माथिबाट प्लेनहरू उडिरहन्थे। प्रायः हजुरबुवाको काखमै लुटपुटिरहने उ हजुरबुवासँग तिप्लेनका बारेमा अनेक जिज्ञासा राख्थ्यो। बुवाले पनि कति झर्काे नमानी आफूलाई थाहा भएसम्म प्लेन कसले उडाउँछ, त्यहाँभित्र के हुन्छ सबै बताउनु हुन्थ्यो। उसले मनमा सोच्थ्यो होला म पनि ठूलो भएर यसरी नै प्लेन उडाउँछु। अनि उसले त्यही कुरा मलाई सुनायो। तर, त्यो कुरा मलाई मात्र सुनाएको होइन रहेछ। एकदिन स्कुल जाँदा थाहा पाए स्कुलमा पनि उसले सबैलाई पाइलट बन्छु भनेको रहेछ। स्कुलमा सबैले उसलाई पाइलट भनेर जिस्काउँदा रहेछन्। साथीले मात्र हैन पाले दाइले समेत ‘उ पाइलट आयो भनेको सुन्दा उ दंग परेको देखिन्थ्यो।’
त्यसको एक वर्षपछि उ फेरि पाइलटबाट डाक्टर हुने भयो। यसको कारण थियो उ सानामा निक्कै बिरामी हुन्थ्यो महिनामा एकपटक डाक्टरकहाँ पुर्याउनुपर्ने हुन्थ्यो। उ डाक्टरबारे अनेक प्रश्न गरिरहन्थ्यो। अनि म पनि डाक्टर नै बन्छु भन्ने उसमा रहर पलायो। यस्तै समय बित्दै जाँदा उ कहिले हिरो, कहिले ड्राइभर त कहिले पसले हुने भयो। तर, एकदिन उसले नसोचेको कुरा भन्यो– ‘मामु म मान्छे बन्छु। म छक्क परे साथै झसंग पनि भए अनि सोधे’ मान्छे बन्छौं ? कसले भन्यो तिमीलाई मान्छे बन्(नुपर्छ भनेर ?’ उसले भन्यो– ‘मिसले ! मिसले भन्नु भएको पहिले मान्छे बन्नुपर्छ रे अनिपो पाइलट, डाक्टर, ड्राइभर अनि जे–जे बन्न मन लाग्छ त्यही–त्यही बन्न पाइन्छ।’ यो गम्भीर कुरो हाम्रो बाबुले कति के बुभ्mयो त्यो मलाई थाहा थिएन। तर, तिमी प्रतिमैले उच्च सम्मान व्यक्तः गरे। हामी बाबुआमाले पनि कहिल्यै आप्mला छोराछोरीलाई मान्छे बन्नुपर्छ भनेको सुनेकि छैन मैले अभिभावकले चाहेको हुन्छ आफ्नो सन्तान डाक्टर, पाइलट, इन्जिनियर वा उच्चपदमा रहोस्। कक्षा कोठामै पनि शिक्षकले विद्यार्थीलाई हात उठाएर सोध्दा अधिकांशको उत्तर हुन्छ डाक्टर या पाइलट। कसैले भन्दैन म मान्छे बन्छु। तिम्रो त्यति कुराले मेरो दिमागलाई साँच्चै हल्लाइ दिएको थियो। त्यसपछि बाबुले पनि कहिल्यै यो बन्छु त्यो बन्छु भनेन्। कसैले सोध्यो के बन्छौ भने उ भन्थ्यो– म मान्छे बन्छु।
अर्थपूर्ण लैंगिक समानताले महिला सशक्तीकरणमा जोड दिन्छ। समाज विकासका लागि लैंगिक समानता अपरिहार्य अवयव हो।
केही दिन अगाडि मेरो घरमा एकजना पाहुना आउनुभयो आफ्नी छोरीसहित। अहिले १२ पढ्दै गरेकी ती छोरी डाक्टर पढ्ने लक्ष्य लिएर अगाडि बढेकी छिन् भनेर उनै पाहुनाबाट थाहा पाए। कुरा गरेरै बसिरहेका बेला ती छोरीले भनिन्, ‘मामु म इन्जिनियरिङ पढांै कि क्या हो ? मलाई त अलिलि डर पनि लागि रहेछ। डाक्टर पढ्न सक्ने हो कि हैन ? उनले शंका व्यक्त गरिन्। ती पाहुनाले भनिन् बाबालाई सोध न त। अनि तुरुन्तै देश बाहिर भएका आफ्ना बुवालाई तिनले फोन लगाइन्। म चुपचाप उनीहरूलाई हेरिहेकी छु छेउ मै बसेर। भिडियो कलमा उताबाट उनका बाबुले भने, ‘हैन छोरीलाई डाक्टर नै बनाउने हो। इन्जिनियरका लागि त भाइ छँदै छ नि ! तिनानीले अनुहार अध्यारो लगाउँदै हस् भनेर फोन राखिन।’ मलाई भने केही वर्ष अगाडि चलेको हिन्दी चलचित्र ‘थ्री इडियट्स’को याद आयो। त्यसमा एउटा डाइलग छ, ‘जन्मिनेबित्तिकै बाबुआमाले छाप लगाइदिन्छन् रे छोरा जन्मिए इन्जिनियर छोरी जन्मिए डाक्टर।’ कसैले बनाएर कोही कसरी केही बन्ने ? अरूले जबर्जस्ती बनाइदिएको भविष्य कस्तो होला ? आपूmले सक्दै नसक्ने विषयअरुको आडम्बरका लागि कनिकुथी पढिरहँदा उसको सोचाइ कस्तो होला ? यिनै कारण हैन मान्छे डिप्रेसनमा जाने ? अनि कसरी मान्छे बन्न सक्ला उ ? मलाई लाग्छ मानिसले कुनै पनि काम गर्दा खुसीपूर्वक इन्जोयका साथ गरोस् अनि मात्र त्यो मान्छेले गरेको कार्य सफल हुन्छ। जबर्जस्ती गर्नु परेको कुनै कामले पनि सफलता दिँदैन। कथंकदाचित दिइहाले पनि गर्ने मान्छेलाई कहिलै सन्तुष्टि मिल्दैन।
अस्ति भर्खरै मैले युट्युबमा एउटा अन्तर्वार्ता हेरेकी थिए। एक जनाले बढो दुःखका साथ भनी रहेका थिए। उनको एउटा साथीको छोराले यो पटकको एसईईमा झन्डै चार जीपीए ल्याएछ। त्यो साथी सधंै अगाडि पनि आप्mनो छोरो पढ्नमा निक्कै तगडा भनेर छोराको निक्कै प्रशंसा गर्थे रे ! एकदिन ती व्यक्तिलाई उनको घर जाने अवसर मिलेछ। घर पुग्दा पढ्न जान्ने भनेको त्यो बाबु मोबाइलमा गेम खेलेर बसिरहेको रहेछ। उसले आफ्नो बाबुसँगै आएको उनलाई नमस्कार गर्नु त परै जाओस् फर्केर मुखमा पनि हेरेनछ। त्यति मात्र कहाँ हो र ? बाबुको पानी ल्याउने आग्रहलाई पूरै इन्कार गर्दै भनेछ, ‘ह्या म गेम खेल्दैछु आफंै ल्याउनुस् न। यति भनी सक्दा ती मानिस पूरै दिक्दार देखिएका थिए।’ उनी मात्र किन ? म अनि यो सुन्ने मान्छे सबैलाईे दिक्कै लाग्छ। किताबमा भएकोे सबै ज्ञान हासिल गरेर, उच्च स्थानमा आसिन भएर र डिग्री लिएर मात्र कोही मान्छे कसरी मान्छे बन्न सक्ला ? आपूmभन्दा ठूलोलाई इज्जत गर्न नसक्नेले जति नै ठूलो मानपदवी पाए पनि उ कहिल्यै मान्छे बन्न सक्दैन। उ बन्छ त केवल एउटा मेसिन बस्।
हाम्रा नानी बाबुहरूलाई मान्छे बनाउने कि मेसिन त्यो हामै्र हातमा छ। यी माथिका दुई उदाहरणहरू यसमा कमजोरी अभिभावककै देखिन्छ। नानीबाबुहरूको पढाइ कस्तो छ के छ ? त्यो बुभ्mदै नबुझी हामी उनीहरूलाई भन्न थाल्छांै तिमी यो बन्नुपर्छ। अनि उसमा त्यही छाप बसिरहेको हुन्छ मैले त त्यही बन्नुपर्छ। पछि ठूला हुँदै गएपछि यही कारण कन्प्mयुज हुन्छन् अनि उनीहरू आफ्नो निर्णय लिन डराउँछन् जस्तै ती नानीले आफ्नो बुवाको कुरा काट्न सकिनन्। भलै उनेको मनमा अरू केही होस्।
दोस्रो उदाहरण कति अव्यावहारिक लाग्छ। हाम्रा नानी बाबुहरूलाई यतिको व्यावहारिक ज्ञान त हामीले सानैदेखि सिकाउनु पर्ने हैन र ? हामी बानी बिगारी दिन्छौं कि कोही पाहुना आएको छ भने– ‘उ भित्र पढिरहेको छ किन डिक्टर्ब गर्ने ? अनि हामी पाहुनासँग भेट्न मेत बोलाउँदै नौ।’ एक कप चियासम्म पकाउन लाउँदैनौ। भन्छौं, “उ पढेर लखतरान छ। हाम्रो पो के नै काम छ र ?आफैं पकाउँदा भै हाल्छ नि ! यी सानातिना कुराबाट हामीले पत्तै नपाइकनहाम्रानानीबाबुहरूको बानी बिग्री सकेको हुन्छ अन्जान मै।’
हामीले नानी बाबुहरूलाई यति चै भनौं न। किताबमा मात्र होइन व्यावहारिकतामा कहीँ नपाएको ज्ञान पाइन्छ। डिग्री लिन सक्ने क्षमता मात्र हैन मान्छे बन्ने क्षमता राख्न सक्नुपर्छ तिमीले।