वीरगन्जमा चिडियाखाना निर्माण सुरु

वीरगन्जमा चिडियाखाना निर्माण सुरु

वीरगन्ज : वीरगन्जमा प्राकृतिक चिडियाखाना (ओपेन जु) निर्माण सुरु भएको छ।

वीरगन्ज महानगरपालिका-३२ रामवनस्थित सबैया साझेदारी वनको जग्गामा सरकारले पर्सा प्राणी उद्यान नाम दिएर प्राकृतिक चिडियाखाना निर्माण गर्न लागेको हो।

सबैया साझेदारी वनको ५० हेक्टर (७५ बिघा) क्षेत्रफलमा १ अर्ब १ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण गर्न चिडियाखानाको बिहीबार शिलान्याश गरिएको छ। 

बिहीबार वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणको शिलान्याश गरेका हुन्। भदौ २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएपछि बिहीबार त्यसको शिलान्याश गरिएको हो।

बिहीबार शिलान्याश गरिएसँगै चिडियाखाना निर्माणको काम औपचारिक रूपमा सुरु भएको वन तथा भूसंरक्षण विभागका महानिर्देशक दिपेशमणि त्रिपाठीले बताए। 

यो चिडियाखानामा वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल पनि निर्माण गरिने जानकारी उनले दिए। 

चिडियानाको निर्माण तीन चरणमा पूरा हुने भन्दै उनले भने, 'पहिलो संरचना निर्माणको काम हुन्छ, दोस्रो यसमा राखिने जीवजन्तुको जोहो गरिन्छ र तेस्रो भनेको यहा पर्यटन विकासको काम गर्नुपर्छ। 

वीरगन्जमा बन्न लागेको चिडियाखाना ओपेन जु मा रहेको उनले बताए। त्रिपाठीले भने, 'यो ओपेन जु हो, यसमा वन्यजन्तुहरू पिँजडा वा खोरमा बन्दी हुँदैनन्, खुल्ला रहन्छन्, पर्यटकहरू भने बन्द गाडी भित्र बसेर चिडियाखानाभित्र घुम्छन्। 

यो चिडियाखानामा नेपालको हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारका वन्यजन्तुका साथै समुन्द्री जीवजन्तुहरू पनि राख्ने परिकल्पना गरेको उनले बताए। 

शिलान्याश समारोहमा बोल्दै वनमन्त्री यादवले बाल्यकालदेखिको आफ्नो सपना साकार हुन लागेको बताए। 

उनले भने, 'एसएलसीको जाँच दिएपछि घुम्न म काठमाडौं गएका बेला जावलाखेलको सदर चिडियाखाना गएको थियो, त्यहाँ जाँदा हाम्रो वीरगन्जमा पनि यस्तै चिडियाखाना भइदिए कस्तो राम्रो हुन्थ्यो भन्ने कल्पना गरेको थिए, आज सौभाग्यवश गृहनगर वीरगन्जमा आफ्नै हातले चिडियाखानाको शिलान्याश गरेको छु, त्यो बेलाको मेरो सपना आज साकार हुँदैछ।' 

मन्त्री यादवले वीरगन्जमा बन्न लागेको यो चिडियाखाना मधेस प्रदेशको मात्र नभइ देशकै नमूना चिडिखानाका रूपमा निर्माण हुने बताए।

चिडियाखाना ललितपुरको सदर चिडियाखाना जस्तो नभई प्राकृतिक चिडियाखाना (ओपेन जु ) रहेको पनि उनले बताए। 

यो चिडियाखाना घुम्न नेपाल र भारतका मात्र नभइ तेस्रो मुलुकका पर्यटकहरू पनि आउने विश्वास आफूले लिएको उनले बताए। 

उनले चिडियाखानाको निर्माण कार्य जतिसक्दो छिटो अघि बढाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाललाइ निर्देशन पनि दिए।  

उनले सातवटै प्रदेशमा एकेकवटा चिडिखाना बनाउने घोषणा गरे। मन्त्री यादवले भने, 'यही कार्यक्रमबाट घोषणा गर्छु हरेक प्रदेशमा एकेकवटा प्राकृतिक चिडियाखाना सरकारले बनाउँछ।'

मन्त्री यादवले अहिले चिडियाखाना निर्माण हुन लागेको रामवनदेखि पर्यटकीय स्थल ठोरीसम्म केबलकार निर्माण गरिने पनि उद्घोष गरे। 

उनले भने, 'केबलकार निर्माणका लागि आन्तरिक रूपमा सर्वेको काम अहिले भइरहेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति पर्याप्त रूपमा कोषले उपलब्ध गराउने प्रतिबद्धता जनाए। 

अधिकारीले भने, 'हाम्रो पनि सोच छ यस्ता चिडियाखाना हरेक प्रदेशमा बन्नु पर्छ, त्यसका लागि कोष तयार छ।'

चिडियाखानाले मधेस प्रदेशको पर्यटन विकासमा ठूलो मद्दत गर्ने पनि उनले बताए। 

वीरगन्ज ३२ का वडाध्यक्ष रियाज आलमले विकासका सवाल सधै पछाडि पारिएको आफ्नो वडामा देशकै नमूना चिडियाखाना बन्न लाग्दा वडावासी निक्कै हर्षित भएको बताए। 

उनले भने, 'चिडियाखाना नबन्दै सडक कालोपत्रेको ठेक्का लागि सक्यो। चिडियाखाना बनेपछि यहाँका युवाले रोजगारी पाउछन्। देशविदेशबाट पर्यटक घुम्न आउँछन् , यहाँ व्यापार व्यवसाय पनि फस्टाउँछ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.