दलित बालबालिकाका लागि ट्युसन पढ्ने भवन निर्माण

दलित बालबालिकाका लागि ट्युसन पढ्ने भवन निर्माण

वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिका-४ सुपौलीको दलित बस्तीका ट्युसन कक्षा केन्द्रको भवन निर्माण भएको छ। 

अमेरीकामा बस्दै आएका नेपाली दम्पतिले दलित बालबालिकाका लागि सन्चालित निःशुल्क ट्युसन कक्षा केन्द्रको भवन निर्माण गरिदिएका हुन्। 

अमेरीकामा बस्दै आएका धर्मेन्द्र तिम्सिना क्षितिज र उनकी पत्नी टीकाले एक लाख २५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेका पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए।

स्थानीय समाजसेवी रामचन्द्र राम र उनकी पत्नी देवपति देवीले पाँच वर्षका लागि निःशुल्क उपलब्ध गराएको जग्गामा निर्माण गरिएको भवनको मंगलबार उद्घाटन गरिएको छ। 

जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले उद्घाटन गरेकी हुन्। 

फाउन्डेसनले पर्सा जिल्लाको ग्रामीण भेगका दलितबस्तीमा विद्यालयको पहुँचबहिर रहेका बालबालिकाका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएको छ। 

सुपौलीको दलित बस्तीमा सञ्चालित निःशुल्क ट्युसन कक्षामा १५० जना दलित बालबालिका अध्ययनरत छन्। उनीहरूका लागि १ जना स्वयंसेवक शिक्षक राखिएको रामले जानकारी दिए।

रामका अनुसार, निःशुल्क ट्युसन कक्षा केन्द्रका लागि घर नहुदा दलित बालबालिकाहरू खुला आकाशमुनि भुइँमै बोरा र चकटी ओछ्याएर पढ्दै आएका थिए। जसका कारण अत्याधिक जाडो, घाम लागेको वा पानी परेका बेला ट्युसन कक्षा नै बन्द गर्नु पर्ने बाध्यता थियो। 

तर अब केन्द्र सञ्चालनका लागि कच्ची नै भएपनि घर निर्माण भएपछि प्रतिकुल मौसममा पनि ट्युसन कक्षा सञ्चालन गर्न सकिने र यसले बालबालिकालाइ पठनपाठनमा धेरै सहज हुने रामलले बताए। 

मङगलबारको उद्घाटन कार्यक्रममा तिम्सिना दम्पति, जग्गा उपलब्ध गराउने राम दम्पति, उनीहरूका छोरा रामचन्द्र राम, दिपेन्द्र राम, पारमानन्द राम, सन्जोग राम, सुरेन्द्र पासवान, अशोक राम, शिव राम लगायतलाइ प्रशंसापत्रले सम्मान गरिएको छ।

फाउन्डेसनका अध्यक्ष रामका अनुसार, गरिबीका कारण पर्सा जिल्लामा करिब एक हजारभन्दा बढी दलित बालबालिका विद्यालय शिक्षाको पहुँचबाहिर छन्। विद्यालयमा भर्ना भएका कतिपय दलित बालबालिका विद्यालयमा निरन्तरता पनि छैन। 

तिनै बालबालिकालाई लक्षित गरी फाउण्डेशनले जिल्लाका विभिन्न पालिकाका दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा केन्द्र सञ्चालन गरिरहेको रामले बताए। 

विभिन्न सहयोगी दाताहरूसँग सहयोग लिएर यो अभियान सञ्चालन गरिएको पनि उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.