डेढ करोड राजस्व संकलन

डेढ करोड राजस्व संकलन

नुवाकोट : नुवाकोटमा ट्राफिक नियम उल्लंघन गर्नेहरू बढिरहेका छन्। सवारी नियम उल्लंघन गर्नेहरू कारवाहीमा परेका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी नियम उल्लंघन गर्नेहरूसँग एक वर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

ट्राफिक प्रहरीले नुवाकोटमा १६ हजार सवारीसाधनलाई कारवाहीमा गरेको छ। ट्राफिक नियम उल्लंघन गरी सञ्चालनमा रहेका सवारी साधनलाई कारवाही गरिएको नुवाकोट ट्राफिक प्रहरीले जनाएको छ। 

सवारी नियम उल्लंघन गर्नेहरूलाई गरिएको  कारवाहीमा परेका सवारीसाधनबाट एक करोड ३४ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा वरिष्ठ प्रहरी नायक निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नुवाकोटमा १६ हजार एकसय ५० सवारी साधन कारवाहीमा परेका हुन्। 

खकुरेलका अनुसार थोरै मात्रामा ट्राफिक प्रहरीको दरवन्दीका वावजुद पनि अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा कारवाहीमा पर्ने सवारी साधनको संख्यामा कमि आएको छ।

ट्राफिक नियम उल्लंघन गरी सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु बोकेको, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र सपारी नियम मापदण्डविपरीत कार्य गरेको सवारीलाई कारवाही गरी राजस्व संकलन गरिएको ट्राफिक प्रमुख खकुरेलको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.