गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता
सो बैंकले विदुर नपा ४ र १३ मा घरदैलो अभियान गरेर सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण अभियान गरिएको बैंकको वट्टार शाखा प्रवन्धक विश्वम्भरमानसिंह डंगोलले जानकारी दिए। उनका अनुसार अभियान अन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, अपाङ्ग, दलित बालबालिकाहरुलाई भत्ता वितरण गरिएको हो।
बैंकका कर्मचारीहरुले प्रहरी, जनप्रतिनिधिहरुहरुको साथमा विदुर ४ मा दुई सय ६५ र १३ मा आठसय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेका छन्।
अभियानको तीन दिनको अवधिमा ८० प्रतिशत सेवाग्राहीलाई भत्ता वितरण गरिसकिएको बैंकको वट्टार शाखा प्रबन्धक डंगोलले जानकारी दिए। नुवाकोटको विदुर नगरपालिकाले बडादसैंको सन्दर्भमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिए अनुसार बैंकले सोही अनुसार घरदैलोमै पुगेर भत्ता वितरण गरिरहेको जनाएको छ।
नुवाकोटवासीलाई लुम्बिनी विकास बैंकको वट्टार, देवीघाट र ढिकुरे शाखाबाट सेवा प्रवाह गरिरहेको छ।