निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता

निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता

तानसेन : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गराउन पाल्पाका राजनीतिक दलहरूले सामूहिक प्रतिवद्धता गरेका छन्। 

पाल्पाका आठ राजनीतिक दलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्। 
    

पाल्पा विकास केन्द्रले तानसेनमा गरेको कार्यक्रममा पाल्पाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालन गर्ने, राजनीतिक दलहरूबीच स्वच्छ भयरहित वातावरणमा प्रचारप्रसार गर्ने, आ-आफ्ना कार्यकर्ताहरूलाई संयमित भएर चुनाव प्रचार प्रसारमा लगाउने विषयमा सामूहिक प्रतिवद्धता जनाएका हुन्। 

कसैको पनि मान प्रतिष्ठा इज्जतमा आँच आउने किसिमका गतिविधिहरू नगर्ने र भइहालेमा तत्काल रोक्ने प्रतिवद्धता गरेका छन्। 

मतदाताले रोजेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न जनतालाई स्वतन्त्र छोड्ने, दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने, एक अर्काप्रति सम्मानजक व्यवहार गरिने, निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरूलाई सहभागी नगराउने, भ्रमपूर्ण सूचना प्रवाहलाई निरुत्साहित गरिने, राजनीतिक दल र उम्मेदवारहरूले आयोजना गरेका जुलुस, आमसभा, कोणसभा, बैठक, भेला जस्ता कार्यक्रमलाई एक दलले अर्को दलको कार्यक्रममा बाधा अवरोध  नपुर्‍याउने विषयमा पाल्पाका राजनीतिक दलले प्रतिवद्धता जनाएका छन्। 
    
साझा प्रतिवद्धता पत्रमा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक, नेकपा एकिृत समाजवादीका अध्यक्ष कमल पाण्डे, राष्ट्रिय जनमोर्चा नेपालकी जिल्ला सदस्य नरमति सिंजाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, जसपा नेपालका उपाध्यक्ष खिकबहादुर रेश्मीले हस्ताक्षर गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले निर्वाचन आचरसंहितामा व्यवस्था गरिएका विषय, काम कारवाहीका विषयमा जानकारी गराएका थिए। 

उनले आचारसंहिता तथा निर्देशनहरूको पूर्ण रूपमा पालना तथा कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिए।

पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले निर्वाचनलाई निष्पक्ष, मर्यादित र भयरहित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहने बताए। 

केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन हस्ताक्षर गरेअनुसार नै व्यवहारमा उतार्न दलहरूलाई अनुरोध गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.