५० प्रतिशते घट्यो पशुबलि

५० प्रतिशते घट्यो पशुबलि

नुवाकोट : नुवाकोटका विभिन्न शक्तिपीठहरूमा सोमबार महाअष्टमी पर्वका अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्री भएका छन्। 

सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतना, सामाजिक जागरणका कारण यसवर्ष बडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि ५० प्रतिशत घटेको छ। 

नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्या लगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो। 

धर्मका नाममा पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठ लगायतका मुख्य शक्तिपीठहरूमा महाअष्टमीका अवसरमा दिने पशुबलिको सङ्ख्यामा १० वर्षको तुलनामा निकै कम भएको मन्दिरका पुजारीहरू बताउँछन्। 

सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुँदै पशुको सट्टा नरिवल लगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशु बलि घटेको प्रसिद्ध भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए। 

उनका अनुसार सर्वसाधारणले पशुबलिको सट्टामा नरिवललगायतका सामग्री चढाउन थालेका र पशु अधिकारको विषय उठिरहेको कारण पशुबलि घटेको हो। मन्दिरमा पूजापाठ र दर्शन गर्नेहरू बढेपनि मन्दिरमा पशु बलि निकै घटेको शाहीले बताए। 

विभिन्न मन्दिरमा वर्षौंदेखि संलग्न पुजारीहरूका अनुसार पछिल्ला १० वर्षयता पशुबलिको सङ्ख्यामा कमी आएको छ। नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ७१ वर्षदेखि पुजारी भई काम गरिरहेका वृद्ध हरिमानसिह डंगोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका छन्।  
 
१२/१३ वर्ष अगाडिसम्म पनि बडादसैंको अवधिमा ५० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, सात/आठ वर्षदेखि पाँच/ दशवटामा सीमित भएको डंगोलले बताए। 

पुराना दिन सम्झँदै जालपादेवी मन्दिरमा पूजापाठ गर्दै चोकदेका रामप्रसाद उपाध्यायले भने- 'अहिले फाट्टफुट्ट मात्र बलि दिनेहरू मन्दिर गइरहेका हुन्छन्।' पशुबलिको विषय संस्कृतिसँग जोड्न नहुने उनको तर्क छ।

समयसँगै धर्मकर्ममा बलिप्रथा पनि परिवर्तन हुँदै आएको हुनसक्ने जालपादेवी मन्दिरमा परिवारसहित पूजापाठ गर्न पुगेका त्रिशूली ढुंगेका नवराज उप्रेतीको भनाइ छ। धार्मिक संरचनामा यसरी फरकपन आउन थालेकामा संस्कृतिप्रेमी भने चिन्तित बनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.