बाराको अमलेखगञ्जमा बस दुर्घटना : ८ जनाको मृत्यु,२५ घाइते

बाराको अमलेखगञ्जमा बस दुर्घटना : ८ जनाको मृत्यु,२५ घाइते

बारा : बाराको अमलेखगञ्ज नजिकै तीन नम्बर पुल छेउमा बस दुर्घटना भएको छ। दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ ।

नारायणगढबाट वीरगन्ज आउँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस बिहान साढे १० बजेतिर तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको हो । 
दुर्घटनास्थलमा ८ जनाको मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

अरु २५ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक बोगटीले बताए । गम्भीर घाइतेलाई उपचारका लागि हेटौडा अस्पताल र सामान्य घाइतेहरुलाई सिमराको अल्पाइन अस्पतालमा पठाइएको जानकारी बोगटीले दिएका छन् । 

बस तीन नम्बर पुल नजिकैको मोडमा नमोडिकन सडकबाट करिब १५ मिटर तल खोलामा खसेको थियो। मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी रहेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.