बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

बारा : बाराको अमलेखगञ्ज नजिकै तीन नम्बर पुल छेउमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मृत्यु हुनेमा ९ पुरुष र ६ महिला रहेको बारा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले अन्नपूर्णलाई जानकारी दिएका छन्।

उनका अनुसार ३० जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते १२ जनाको चितवन मेडिकल कलेज र १० जनाको चुरे हिल्स अस्पताल हेटौडामा उपचार भइरहेको छ।

नारायणगढबाट वीरगन्ज आउँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस बिहीबार बिहान साढे १० बजेतिर तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको हो। 

बस दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.