लेखराज भट्टले गरे कैलाली -४ बाट उम्मेदवारी दर्ता

लेखराज भट्टले गरे कैलाली -४ बाट उम्मेदवारी दर्ता

धनगढी : नेकपा एमाले सचिव लेखराज भट्टले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। कैलाली -४ बाट उम्मेदवार दिएका सुदूरपश्चिम ईञ्चार्जसमेत रहेका भट्टले आइतबार दिउँसो गोदावरी नगरपालिकाको अत्तरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।  

 भट्ट नेकपा विभाजन पछि एमालेमा लागेका थिए । उनी जनयुद्दमा प्रचण्डलाई हतियार दिने पहिलो व्यक्ति हुन्। भट्ट ओली प्रधानमन्त्री भएको कार्यकालमा वाणिज्य तथा आपूर्ति मन्त्री थिए।

 निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका बनाएको हो। आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट  पारेका छन्।

निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.